Sorry, your browser does not support JavaScript! सक्कली श्रीमतीको नाममा नक्कली लाई अमेरिका लैजान लागेको खुल्लासा - Merodesh.news

सक्कली श्रीमतीको नाममा नक्कली लाई अमेरिका लैजान लागेको खुल्लासा

काठमाडौं, ३ साउन । रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो बिवाहको नाटक गरि एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान लागेको खुलासा भएको छ ।

अमेरिका

रिपोर्टर्स क्लब नेपालमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार गुप्ता र मधु साहलाई कानूनी रुपमा कारबाही गर्न माग गरेका छन् ।
रुपरेखाकी फुपु नाता लाग्ने रञ्जु साहले दोस्रो बिवाहको बारेमा संविधान कडा भएपनि व्यबहारिक रुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताईन् ।

अमेरिका

नेपाल वैश्य यूवा संघकी केन्द्रीय सचिवसमेत रहेकी साहले भनिन्,‘मेरो भदैनी रुपरेखाको श्रीमान पाँचवर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ, त्यही खबरले हाम्रो भदैनी मानसिक रुपमा प्रभावित भएकी छिन्, पाँच वर्षीया छोरी छन्, दोस्रो बिवाह गरेर जोडिएको घरपरिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन्, यो कार्य पूर्णरुपमा गलत छ ।’

त्यस्तै कार्यक्रममा रुपरेखाका बुवा विश्वनाथ साह गुप्ताले आफ्नी छोरीमाथि अन्याय गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । उनले भने,‘७ वर्ष पहिले आपसी मिलेमतोमा विवाह गरेका थिए, पाँच वर्षकी नातिनी छिन्, दोस्रो विवाहको नाटक गरेर छोरीको श्रीमान्ले अर्की श्रीमतीलाई अमेरिका लैजान थालेको सूचना हामीले पाएका छौं, मधु साहको काका नाता लाग्ने फोरमका नेता समेत रहेका किरण साहले मलाई पैसामा मिल्न आग्रह गरेका छन्, हामीलाई पैसा चाहिएको होईन ।’

उनले अघि थपे,‘हाम्री छोरीको न्याय खोसिनु हुँदैन भन्ने हो, नागरिकता दिने, यो कुकार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुनुपर्छ, नेपालको संविधानले दोस्रो बिवाह गर्नेलाई दण्डित गर्छ, त्यो कारबाही दोषीले भोग्नैपर्छ ।’ पाँच वर्षिया छोरीको साथमा २५ वर्षिया आमा रुपरेखा गुप्ता अहिले माईतीमा बस्दै आएकी छिन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]