Sorry, your browser does not support JavaScript! सुन तस्करी प्रकरण : गोरेले गरेको कारोवारको हिसाब प्रमाणित - Merodesh.news

सुन तस्करी प्रकरण : गोरेले गरेको कारोवारको हिसाब प्रमाणित

विराटनगर, ३ साउन।  सुन तस्करी प्रकरणका मुख्य अभियूक्त मध्येका एक चुडामणि उप्रेती गोरेले सुन तस्करीका क्रममा राखेको हिसावकिताब प्रमाणित भएको छ ।

सुन तस्करी प्रकरण

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको संगठित सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गारेले राख्ने गरेको लेखाप्रणाली प्रमाणित भएको हो ।  सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धननका क्रममा प्रहरीले फेला पारेको हिसाब खाताको बैज्ञानिक परीक्षण गर्दा गोरेको लेखाप्रणली सहि भएको प्रमाणि भएको हो ।

गोरेले तस्करीको सुनको हिसाव किताबको जिम्मा सनम शाक्यलाई दिएका थिए ।  शाक्यले तस्करीको हिसाब किताब राख्ने गरेको अनुसन्धानका क्रममा भेटिएका रजिस्टर र खाताहरुको बैज्ञानिक परीक्षणबाट प्रमाणित भएको हो ।

गृहमन्त्रालयले गठन गरेको बिषेश अनुसन्धान समितिले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा फेला पारेको रजिस्टर, खाताको परीक्षणकालागि नेपाल प्रहरीको बिधिविज्ञान प्रयोगसाला र राष्ट्रिय बिधि विज्ञान प्रयोगशालामा पठाएको थियो । दुबै निकायमा परीक्षण गर्दा शाक्यले नै लेखेको प्रमाणित भएको हो ।

अनुसन्धान टोलीले अनुसन्धानका क्रममा ६ वटा खाताहरु फेला परेको थियो । खाता परीक्षण गर्दा दुबै प्रयोगशालाले सनम शाक्यले नै लेखेको हो भन्ने प्रमाणि गरेको मोरङ जिल्लाका जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पाठकले जानकारी दिए । परीक्षणबाट प्राप्त रिपोर्ट अदालतमा बुझाइएको पाठकले बताए ।

सामान्यतया राष्ट्रिय विधि विज्ञान प्रयोगसालामा अदालतले परीक्षणकालागि पठाउछ । तर समितिले प्रहरीको प्रयोगसाला र राष्ट्रिय विधिविज्ञान प्रयोगसालामा पनि परीक्षणकालागि पठाएको थियो । मोरङ जिल्ला न्यायधिवक्ता पुन्यप्रसाद पठकका अनुसार प्रयोगसालाबाट प्रमाणि भएको रिपोर्ट अदालतमा पेस गरिएको हो ।

पाठकका अनुसार समनले बैकमा रकम बुझाउन भरेको भौचरमा गरेको हस्ताक्षर रजिस्टारमा गरिएको हस्ताक्षर, लेखाई र उनले पहिले लेखेका अक्षरहरु परीक्षणकालागि पठाइएको थियो ।  सो क्रममा लेखाई र हस्ताक्षर शाक्यकै भएको प्रमाणित भएको प्रतिवेदन आएको हो ।

पाठकका अनुसार सामान्यतया लिखतको अनुसन्धान गर्दा मानिस जीवित हुदा नयाँ  लेख्न लगाएर अक्षर दाजिन्छन भने मृत्यु भएको अवस्थामा पुरानो लेखाई खोजी गरी सुक्ष्म अनुसन्धान गरिन्छ ।

प्रहरी र राष्ट्रिय विधि विज्ञान प्रयोगसालाबाट प्रमाणित भएर आएको प्रमाण गत असार पहिलो साता नै अदालतमा पेस गरिएको थियो ।

अदालतमा मुद्धा दर्ता भएको डेढ महिनापछि हिसाबमो लिखत प्रमाण पेस गरिएको थियो । प्रयोगसालाको रिपोर्टले गोरेको कारोवार पुष्टी भएको पाठकले बताए ।

शाक्यको गत फागुन १८ गते मोरङको उर्लाबारी नजिकैको जंगलमा गोरे सहितको समुहले करेन्ट लगाएर हत्या गरेको थियो । गत माघ पहिलो साता दुबईबाट तस्करी गरी ल्याएको साढे ३३ किलो सुन हराएपछि खोज्ने क्रममा तस्करको समहुले यातना दिने क्रममा शाक्यको ज्यान गएको थियो ।

प्रहरीले गत बैसाख १९ गते सरकारी वकिलको कार्यालय मोरङ मार्फत जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्धा दर्ता गराएको थियो ।

तत्कालिन समयमा छ प्रहरी अधिकृत सहित ६३ जना विरुद्ध मुद्धा दायर गरिएको थियो ।

सुन तस्करी प्रकरणमा सरकारी वकिलको कार्यालय मोरङले तीन पटक गरी ७४ जना विरुद्ध मुद्धा दायर गरेको छ । ती मध्ये पाच जना माथी अनुसन्धानकालागि म्याद थप गरी राखिएको छ भने एकजना सादा तारेख र तीन जना धरौटीमा छुटेका छन् ।

सुन तस्करी प्रकरणमा पाच प्रहरी उच्च अधिकृत सहित ३४ जना पूपक्र्षकालागि कारागार चलान भएका छन् । सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त मध्येका एक मोहनकुमार अग्रवाल सहित ३६ जना अझै परार छन् ।

प्रहरीले फेला पारेको रजिस्टार तथा खाताहरुबाट सत्र अर्ब एक करोड असी लाख एकहत्तर हजार चार सय तेह्र रुपैया र नब्बे पैसा बरावरको ३७ लाख ९९हजार ५ सय ५९ ग्राम(करिब ३८ क्वीन्टल) सुन अवैध तवरले नेपाल भित्र्याएको दाबि सहित मुद्धा दायर गरेको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]