Sorry, your browser does not support JavaScript! कारागार भित्र मृत्यु भएको बिषयमा छानबिन गर्न परिवारजनको माग - Merodesh.news

कारागार भित्र मृत्यु भएको बिषयमा छानबिन गर्न परिवारजनको माग

इटहरी, ३ साउन।   सुनसरी स्थित क्षेत्रीय कारागार झुम्कामा इटहरी १७ का सन्जु शेर्पाको रहस्मय मृत्यु भएको बिषयमा परिवारले छानबिनको माग गरेका छन् ।

कारागार

लागुऔषध संम्बन्धि मुद्धामा असार २४ गते कारागार चलान भएका शेर्पाको असार २९ गते गम्भीर अवस्थामा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

तर कारागारव्यवस्थापन विभागले शेर्पाको शव पोष्टमार्टम नगरी परिवारलाई बुझाएको थियो । शव घर ल्यादा मात्र शरिरका बिभिन्न भागमा चोट र रगत भेटिएपछि मृत्यु शंकाष्पद भएको परिवारको दाबी छ । शेर्पाको हात र घाटीमा निलडाम देखिएको छ भने ढाड भरी पनि निलडाम र काटिएको रगत सगैको चोट रहेको परिवारको भनाई छ ।

कारागार

शरिरमा चोट र दाग भेटिएपछि परिवारले इटहरीस्थित रिपोर्टर्स क्लब सुनसरी शाखामा पत्रकार सम्मेलन गरि घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबार्हीको माग गरेका हुन् । २८ गतेसम्म नर्मल अवस्थामा रहेको श्रीमान एक दिनपछि बिरामी भएर अस्पताल पुर्याएको र मृत्यु भएको बिषय गहन अनुसन्धान गर्नुपर्ने श्रीमती लिलामाया राई शेर्पाले माग गरिन ।

प्रशासनले रक्सी खान नपाएर छटपट्टिएर लेडेर मृत्यु भने पनि श्रीमानले पहिलेनै रक्सी छाडेको उनको भनाई छ । प्रहरी सुरक्षा भित्र निर्देष व्यक्तिको कुटेर हत्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीले छानबिन समिति बनाउनु पर्ने शेर्पाले माग गरेकी छिन् ।

कारागार

शेर्पाको मृत्यु पछि परिवारजनले शवको पोष्टमार्टम गर्न कारागार बिभागले अस्पताललाई अनुमति नदिएको परिवारको भनाई छ । साथै शेर्पालाई मृत्यु पछि मात्र अस्पताल पुर्याएको परिवारको दाबी छ । अन्य सामान्य केशमा पोष्टमार्टम गर्ने नियम रहेपनि निलडाम र चोट हुँदासम्म कारागार प्रशासनले पोष्टमार्टम नगरेकोबिषय शंकाष्पद रहेको मृतकका सालो किरण राईले पत्रकार सम्मेलनमा बताए ।

इटहरीको एक निजि बिद्यालयको सबारी चालक काम गर्ने शेर्पा २० बर्ष अगाडीको लागुऔषध मुद्धामा अदालतमा आत्मसमर्पण गरी कारागार चलान भएका थिए । मृतक परिवारले साउन २ गते सुनसरीका प्रमुख जिल्ला अधिकारी समक्ष छानबिन र दोषीलाई कारबार्हीको माग सहित ज्ञापनपत्र समेत बुझाएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]