Sorry, your browser does not support JavaScript! निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना - Merodesh.news

निर्वाचनमा प्रत्यक्ष भूमिका रहने छैन : पाकिस्तानी सेना

इस्लामावाद, ३ असार।   पाकिस्तानको राष्ट्रिय सेनाले राष्ट्रव्यापी रूपमा आगामी जुलाई २५ मा हुन गइरहेको संसदीय निर्वाचनमा आफ्नो कुनै ‘प्रत्यक्ष भूमिका’ नरहने जनाएको छ ।

पाकिस्तानी सेना

पाकिस्तानी सेनाका प्रवक्ताले बिहीबार एक विज्ञप्तिमार्फत सो कुरा बताएका छन् । उनले आगामी निर्वाचनमा सेनाले निर्वाचनका लागि आवश्यक सुरक्षा दिने बाहेकको कुनै भूमिका नरहने बताउनुभएको हो ।

पाकिस्तानको आमनिर्वाचनको परिणामलाई प्रभाव पार्न सेनाले सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गरेको भनी आएका आरोपहरु प्रति लक्षित गरी हालै आएका समाचारहरुप्रति सेनाको यो भनाई आएको हो ।

त्यस निर्वाचनका लागि तीन लाख ७० हजार सेना खट्ने र त्यसमा सेनाको कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताउनुभएको हो ।

उहाँले राजनीतिक प्रक्रियामा सेनाको संलग्नता अस्वीकार गर्दै भन्नुभयो, “सेना र यसको गुप्तचर निकाय नै राजनीतिक उद्देश्यका लागि काम गर्नेछैन, हाम्रो काम सरकारले आह्वान गरेको निर्वाचनलाई निष्पक्ष र निर्वाध रुपमा सञ्चालन गराउन सहयोग गर्नु हो।”

पाकिस्तानको निर्वाचन आयोगले पनि निष्पक्ष निर्वाचन गराउने काममा यहाँको राष्ट्रिय सेनालाई सहयोगीको रूपमा विश्वास गरेको बताएको छ । निर्वाचन सफल बनाउन निर्वाचन आयोगले पनि सेनालाई नै जिम्मेवारी तोकेको छ ।

पाकिस्तानको सेनाले आगामी निर्वाचनको विषयलाई लिएर यहाँका सञ्चारमाध्यम र सत्ताधारी दलमाथि दवाव सिर्जना गर्न खोजेको भनी आरोप लागेकोमा त्यसको जवाफस्वरुप प्रवक्ताको यो भनाइ आएको हो ।

पाकिस्तानमा शक्तिशाली मानिने सेनाले आरोपको खण्डन गर्दै करिब तीन लाख ७० हजार सेना निर्वाचनमा खट्ने र आफ्नो कुनै स्वार्थ नरहने पाकिस्तानी सेनाका मेजर जनरल असिफ घाफुरले बताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]