Sorry, your browser does not support JavaScript! सभापति देउवाद्वारा शोक व्यक्त - Merodesh.news

सभापति देउवाद्वारा शोक व्यक्त

काठमाडौँ, ३ साउन।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ धारापानीमा बुधबार जीप दुर्घटना हुँदा सातजनाको मृत्यु र चार जना घाइते भएकामा गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

सभापति देउवाले आज एक शोक विज्ञप्ति प्रकाशित गरी सवारी दुर्घटना तथा पहिरोमा परी मृत्यु हुनु भएकाहरुप्रति दुःख व्यक्त गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

बाग्लुङको गल्कोट नपा–११ रिघा भाुलपाइलेस्थित रइले खोलानजिक जीप दुर्घटना हुँदा नेपाल पत्रकार महासंघका पूर्वमहासचिवसहित १४ जना घाइते भएका थिए । गए राति परेको अविरल वर्षाका कारण पर्वतको जलजला गापा–८ लिस्तीमा पहिरोमा पुरी एक जनाको मृत्यु भएको थियो ।

साथै, सभापति देउवाले उक्त घटनाहरुमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]