Sorry, your browser does not support JavaScript! छोरी जन्माएको भन्दै घर निकाला – Merodesh.news

छोरी जन्माएको भन्दै घर निकाला

इनरुवा, ३ साउन।   सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्माएको मा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित हुनुभएको छ ।

सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताउनुभयो । उहाँले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताउनुभयो ।

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका–३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गर्नुभएको थियो । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमान्ले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले पत्रकार सम्मेलनमा बताउनुभयो । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउनुहँुदै साहले घर फिर्ता आएर रु १० लाख लिएर आउनुपर्ने माग श्रीमान्ले गरेको बताउनुभयो ।

आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चासो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताउनुभयो । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

आफू छोरी जन्माएकै कारण श्रीमान् र घरपरिवारबाट अलग भएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले श्रीमान्सहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए रु १० लाख ल्याउन पटक पटक दबाब दिएको बताउनुभयो । पीडित साहले श्रीमान्कै घरमा बस्न पाउनुपर्ने मागसमेत गर्नुभएको छ ।
–––

Advertise Expired !

सम्बन्धित समाचारहरु

निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत
निःसन्तान हुनुमा महिलालाई मात्र दोष दिनु गलत

डा. दिपककुमार ठाकुर युरोलोजिस्ट, विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल विवाह गरेको लामो समय बितिसक्दा, पति–पत्नी नियमित यौन–सम्पर्कमा हुँदा पनि बच्चा नबस्दा, लामो समयसम्म बच्चा जन्माउने प्रयाग गर्दा–गर्दै पनि सफल[...]

गौरिकाको स्वर्ण चार पुग्यो
गौरिकाको स्वर्ण चार पुग्यो

काठमाडौं २३ मंसिर । पौडी खेलाडी गौरिका सिंह एकै सागमा ४ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली[...]

समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई
समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ।   प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु-याउने[...]