Sorry, your browser does not support JavaScript! जीप दुर्घटनामा १४ घाइते, चार गम्भीर - Merodesh.news

जीप दुर्घटनामा १४ घाइते, चार गम्भीर

बागलुङ, ३ साउन। बागलुङ बजारदेखि बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नंको जीप गलकोट नगरपालिका–११ रिघामा बुधबार साँझ दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय, हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते हुनेमा बडीगाड गाउँपालिका–५ कि संगीता पुन, वडा नं ९ का दिलेन्द्र बुढामगर, गलकोट नगरपालिका–१० का दीपक पुन र नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव ढोरपाटन नगरपालिका–४ का उजिर मगर छन् । गम्भीर घाइतेसहित अन्य चारजना घाइतेलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ ।

घाइतेमध्ये म्याग्दीको बेनी नगरपालिका–३ कि तिर्सना छन्त्याल, सोही ठाउँकी कल्पना छन्त्याल, बडीगाड गाउँपालिका–९ का सुमन बुढामगर, काठेखोला गाउँपालिका–३ धम्जाका टीकाराम नेपालीलाई पनि थप उपचारको लागि पोखरा पठाइएको हो ।

दुर्घटनाका घाइते निसीखोला गाउँपालिका–४ का मकर थापा, नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, वडा नं ६ का लोकबहादुर खत्री, ढोरपाटन नगरपालिका–९ कि मञ्जु कार्की र उहाँकी छोरी रञ्जिता कार्कीको गलकोट नगरपालिका–३ स्थित आरोग्य अस्पतालमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भई जीप दुर्घटना भएको हुनसक्ने प्राररम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इप्रका हरिचौरका प्रनानि विकले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]