काठमाडौं, ३ साउन । त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान संग्राहलयले एक विशेष कार्यक्रम गरी ४४ औं वार्षिक दिवस सम्पन्न गरेको छ ।
मुलुककै पहिलो प्राकृतिक विज्ञान संग्राहलयले ५५ हजार ७ सय विभिन्न जिवजन्तुहरुको अवशेष प्रदर्शनमा राखेको छ । लामो समयदेखि जिवजन्तुका वारेमो अध्ययन एवं अनुसन्धान गर्दै आइरहेको संग्राहलयको वार्षिक दिवस कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले प्राकृतिक विज्ञान संग्रहालयका त्रिवि मात्रै नभई मुलुककै गहना भएकोले यसको संरक्षण र सम्वद्धनका लागी त्रिवि प्रयत्नशील रहेको बताए ।
पुरानौ भौतिक संरचनामा अवस्थिति यस संग्राहलयको भौतिक पूर्वाधार विकास र यसको व्यापाक प्रचार÷प्रसार गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले स्वयम्भू क्षेत्रको ऐतिहासिकतालाई मध्यनगर गरी संग्राहलय निर्माण गर्ने जानकारी दिए । कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा.डा रामप्रसाद खतिवडाले संग्रहालयको विकास र यसको उन्नयनमा आफूहरु लागिपर्ने बताए ।
संग्रहालयको दिगो व्यवस्थापन चुनौतीपूर्ण रहेको भन्दै उहाँले आधुनिक भवन निर्माणको लागी कीर्तिपुरमा जग्गा समेत छुट्याइसकिएको जानकारी गराए । कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक डा.दिपक खड्काले स्वायत्ततामा गएर संग्रहालयकोले भौतिक पूर्वाधारको विकासमा महत्वपूर्ण प्रगति हासिल गर्नसक्ने बताए ।
जिर्ण भौतिक पूर्वाधारले यसको गरिमा र महत्व खस्कन थालेको भन्दै व्यापक प्रचार गरी विभिन्न दातृ निकायहरुसँग सहकार्य गरी प्राकृतिक विज्ञान संग्रहालयको विकास गर्न सुझाव दिएका थिए । त्रिवि अन्तराष्ट्रिय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा.भूपप्रसाद धमलाले प्राकृतिक विविधताको संरक्षण र सम्वद्धन गर्दै आइरहेको प्राकृतिक विज्ञान संग्राहलयले विज्ञानका विद्यार्थीहरुको आर्कषण एवं अन्तराष्ट्रिय अनुसन्धानको महत्वपूर्ण हव वन्न सक्ने दृष्टिकोण व्यक्त गरेका थिए ।
कार्यक्रममा प्राकृतिक विज्ञान संग्रहालयका प्रमुख प्रा.डा धर्मराज डंगोलले संग्रहालयले पछिल्लो समयमा गर्दै आइरहेको सुधारका कामहरु र भविष्यमा अघि वढ्न वनाइएको योजना समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए । प्राकृतिक स्रोतका नमुनाहरुलाई संरक्षित,संगहित र प्रदशैनी गर्ने उद्देश्यले निर्माण भएको यस संस्था वि.स २०३२ श्रावण २ गते स्थापना भएको हो ।
संग्रहालयका बैज्ञानिकहरुले प्र्रकृति सम्बन्धी विभिन्न अध्ययन/अनुसन्धान गरिरहेका छन । विभिन्न स्वदेशी–विदेशी संस्थाहरुसग मिलेर बन,कृषि,सिमसार क्षेत्रका वोटविरुवा, किटपतङ, सरिसृप, स्तनधारी प्राणीका बारेमा समेत अध्ययन÷अनुसन्धान गरिरहेको संग्राहलयका प्रमुख प्रा.डा डंगोलले जानकारी गराए ।