Sorry, your browser does not support JavaScript! अवैध भारतीय नोटसहित चार पक्राउ – Merodesh.news

अवैध भारतीय नोटसहित चार पक्राउ

बुटवल, २ साउन।  प्रहरीले अवैध भारतीय नोटसहित चार व्यक्तिलाई भैरहवाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवास्थित एक होटलमा भारतीय नोटको अवैध कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा होटलबाट सोमबार समातेका उनीहरुलाई आज सार्वजनिक गरिएको हो ।

प्रहरीले सिद्धार्थनगर नगरपालिका–१३ स्थित ह्वाइट लोटस होटलको कोठा नं १०७ मा खानतलासी गर्दा अवैध नोटको कारोबारीसहित झोलामा एक हजार दरका दुई हजार ६५० थान र ५०० दरका पाँच हजार ३०० थान गरी ५३ लाख पुरानो भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न रुपन्देही जिल्ला रोहिणी गाउँपालिका–५ बस्ने ५४ वर्षीय दूधनाथ योगी, सिद्धार्थनगर नगरपालिका–२ बस्ने ३७ वर्षीय गणेश थापा, बुटवल उपमहानगरपालिका–१६ बस्ने ४२ वर्षीय हेमराज कठरिया र सिद्धार्थनगर नगरपालिका–८ बस्ने ३८ वर्षीय राजु बुढाथोकी पक्राउ परेका छन् ।

बरामद भारतीय रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।
–––

Advertise Expired !

सम्बन्धित समाचारहरु

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट स्कुल जाँदै गरेकी बालिकाको मृत्यु

विराटनगर । विराटनगरमा स्कुल जाँदै गरेकी एक बालिकाको ट्र्याक्टरको ठक्करबाट मृत्यु भएको छ । आइतबार भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ ७०३९ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ६ वर्षीया बालिका[...]

राष्ट्रियसभा अधिवेशन अन्त्य
राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौँ/राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी[...]

हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे
हात्तीको बाटोमा विद्युतीय धराप, डेढ महिनामा दुई हात्ती मरे

विराटनगर/डेढ महिनाको अवधिमा कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा दुईवटा जङ्गली हात्ती मरेका छन् । विद्युतीय धरापमा परी सप्तरीमा दुईवटा हात्ती मरेका हुन् । शनिबार बिहान खडक नगरपालिका–४ मा विद्युतीय धरापमा अन्दाजी[...]