Sorry, your browser does not support JavaScript! विराटनगर जुटमिलमा फेरी बिवाद: कर्मचारीको तालाबन्दी, मिल सञ्चालन गर्न खोज्दै अध्यक्ष - Merodesh.news

विराटनगर जुटमिलमा फेरी बिवाद: कर्मचारीको तालाबन्दी, मिल सञ्चालन गर्न खोज्दै अध्यक्ष

विराटनगर, २ साउन । बिहिवारबाट विराटनगर जुट मिल सञ्चालनमा आउने भएको छ । राजनीतिक हस्तक्षप र सञ्चालकहरु बिचको विवादका कारण सञ्चालन हुदै बन्द भएको जुट मिल बिहिवारबाट सञ्चालनमा आउन लागेको हो ।

बिहीबारदेखि सञ्चालनको तयारी गरिएको मिल सञ्चालक समितिका अध्यक्ष बसन्त वनले जानकारी दिए । मिल सञ्चालनको नाममा अध्यक्ष बन र कार्यकारी निर्देशक निलहरि काफ्ले सरकारको सेयर घटाएर निजी करण गर्न खोजेका थिए । तर पछि विवाद भएपछि बन र काफ्लेको सम्बन्ध चिसिएको छ । विवादकै कारण मिल बन्द भएको थियो ।

विराटनगर जुटमिल

बन्द रहेको मिलको मेसेनरी मर्मत र विद्युत जडानको काम गरिरहेको बताउदै अध्यक्ष बनले मिल सञ्चालनको तयारी थालेको बताए । मिल सञ्चालनका लागि ११ केभिए लाइन बुधबार जडान गरिएको छ ।

लामो समयदेखि बन्दको अबस्थामा रहेको मिलले विद्युत खपत गरेको पैसा नदिएपछि गत फागुनमा लाइन कटिएको थियो । मिल सञ्चालक समितिका अध्यक्ष वनका अनुसार बिहीबारदेखि परीक्षणका रुपमा सञ्चालन गरिने छ । फागुनमा ११ केभीए विद्युत लाइन काटिएपछि मिल बन्दको अवस्थामा छ ।

विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ(सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर चलेको थियो ।

यता कर्मचारीहरुले विराटनगर जुट मिलमा तालाबन्दी गरेका छन् । लामो समय शेयर घोटाला भएको भन्दै विवादमा परेको विराटनगर जुटमिल्सका करारमा रहेका कर्मचारीलाई बर्खास्त गरे पछि मिलमा तालबन्दी गरेका हुन् ।

आर्थिक वर्ष २०७४÷०७५ को असार मसान्तसम्मका लागि करारमा राखिएका १० जना कर्मचारीलाई जुटमिल्स प्रशासनले अब हाजिर नगराउने भन्दै पत्र पठाएपछि तालाबन्दी गरिएको हो ।

३० महिनादेखि तलब नपाएको कर्मचारीको गुनासो छ ।

जुटमिलका कर्मचारी मनोज खड्काले मिलको संचालक समिति सँग बसन्त वनको कुनै सम्बन्ध नरहेको बताए । उनले उच्च अदालत पाटनले समेत बनलाई विराटनगर जुटमिलको संचालक समितिको अध्यक्षको पदमा काम गर्नेबाट रोक लगाएकाले करारको अवधिमा थप नगरी हटाउनु हास्यापद भएको बताए ।

जुटमिलमा कार्यरत २४ जना कर्मचारीमध्ये १० जनाको काम नदेखिएको कारण विदा गर्नुपरेको जुटमिल प्रशासनको दाबी छ । मिलका प्रशासन प्रमुख तारानाथ तिमिल्सीनाले संचालक समितिका अध्यक्ष बसन्त बन र कम्पनी सचिव केशव प्रसाद अचार्यले माौखिक रुपमा आफुलाई दिएको आदेश अनुसार कार्यालयमा हाजिर गर्न नदिएको बताए ।

जुटमिल्सका संचालक समितिका अध्यक्ष बसन्त वनले भने खातामा रकम नभएको कारण तलब खुवाउन नसकिएको बताए ।

यसअघिका जुटमिलका प्रबन्ध निर्देशक निलहरि काफ्ले शेयर घोटाला प्रकरणमा निस्काशनमा परेपछि आफू विरुद्ध जालसाँजी भइरहेको वनको भनाइ छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]