Sorry, your browser does not support JavaScript! चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु - Merodesh.news

चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु

दमक, १ साउन।   चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको गुरुयोजना बनाउन प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन् ।

चिनिया

चिनिया प्रविधिज्ञ याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले आजदेखि सर्वेक्षण शुरु गरेका हुन् । तीमध्ये केही पूर्वाधार विज्ञ छन् । टोलीले झापाको मावा, रतुवा, कमल बनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको वस्तुस्थितिको अध्ययन गर्नेछ । टोलीले पहिलो दिन आज झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन ग¥यो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका मुख्य सबै नदीको बहाव नियन्त्रण गर्न गुरुयोजना बनाउन चिनिया प्राविधिक टोलीले स्थलगत अध्ययन शुरु गरेको हो । टोलीले नदीहरूको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसै आधारमा यसै वर्षदेखि तटबन्धको काम शुरु गर्ने सरकारको योजना छ ।

चिनिया टोलीले १५ दिन जिल्लामा बसेर झापाका मुख्य नदीहरूको अध्ययन गर्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको समझदारीअनुरुप टोली अध्ययनका लागि आएको बताउनुभयो ।

टोलीले समग्रमा झापाका नौवटा मुख्य नदीहरूको वस्तुस्थितिको अध्ययन गर्नुका साथै स्थानीय तहका प्रमुख र प्रभावित क्षेत्रका बासिन्दाका मागको समेत अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो । यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लाका ४० हजार जनसंख्या प्रभावित हुँदैआएका छन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]