Sorry, your browser does not support JavaScript! विराटनगर राजश्व कार्यालयले उठायो पाँच अर्ब २१ करोड राजश्व - Merodesh.news

विराटनगर राजश्व कार्यालयले उठायो पाँच अर्ब २१ करोड राजश्व

विराटनगर, २ साउन।  आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४÷७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी दिनुभयो ।

आव २०७३÷७४ मा कार्यालयले रु चार अर्ब ४६ करोड ७२ लाख १३ हजार राजश्व असुली गरेको थियो भने गएको आवमा अघिल्लो आवको तुलनामा रु ७४ करोड ६१ लाख नौ हजार बढी राजश्व संकलन गरेको थियो ।

आव २०७४÷७५ मा संकलित राजश्वमा आयकरतर्फ रु एक अर्ब ६२ करोड ३० लाख ६० हजार, बहालकर रु १० करोड ७० लाख २२ हजार, ब्याजकर रु पाँच करोड ९३ लाख ११ हजार, मूल्यअभिवृद्धि कर रु एक अर्ब २१ करोड ७८ लाख आठ हजार, अन्तःशुल्क रु दुई अर्ब ३५ करोड ६७ लाख ६९ हजार, स्वास्थ्य सेवा कर रु १२ करोड ३९ लाख ५१ हजार तथा शिक्षा सेवा कर रु दुई करोड ७६ लाख ७८ हजार रहेको छ ।

यसैगरी मोरङमा सबै प्रकारको गरी कूल रु ४० अर्ब ४१ करोड ६० लाख ८० हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । सो राजश्व कृषि विकास बैंक उर्लाबारी, कृषि विकास बैंक विराटनगर, राष्ट्रिय वाणिज्य बैंक बेलबारी र राष्ट्रिय वाणिज्य बैंक सुक्खा बन्दरगाह रानी विराटनगरबाट प्राप्त भएको कोष नियन्त्रक योगेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
–––

Advertise Expired !

सम्बन्धित समाचारहरु

सरकारले आज बजेट  ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !
सरकारले आज बजेट ल्याउँदै , कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने !

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६(७७ कोे बजेट संघिय सरकारले आज सङ्घीय संसदमा पेश गर्दैछ । बुधवार दिउँसो ४ बजे बस्ने संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष[...]

ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’
ब्याजदर घटाउन माग गर्दै व्यवसायी बालुवाटारमा,प्रधानमन्त्रीले भने– ‘तीनदिन पर्खनुहोस’

विराटनगर । बैंकले सिण्डिकेट कायम गरी वृद्धि गरेको ब्याजदर घटाउनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका व्यवसायी बालुवाटार पुगेका छन् । ब्याजदर घटाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरु छलफलकालागि शनिवार प्रधानमन्त्री निवास बालुवाटार[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]