Sorry, your browser does not support JavaScript! स्थानीय तहमा  अपाङ्गाता भएका व्यक्तीहरुको अर्थपूर्ण सहभागिताको माग - Merodesh.news

स्थानीय तहमा  अपाङ्गाता भएका व्यक्तीहरुको अर्थपूर्ण सहभागिताको माग

विराटनगर, २ साउन।  अपाङ्गाता भएका व्यक्तीहरुलाई प्रदेश तथा स्थानीय तहमा अर्थपूर्ण सहभागिताकालागि प्रदेश महासंघले दबाव मुलक कार्यक्रम गर्ने भएको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले पत्रकार सम्मेलन गरी राज्यको निर्णयक तहमा अपाङ्गता भएकाहरुको अर्थपूर्ण सहभागिताकालागि दबाब मुलक कार्यक्रम गर्ने भएको हो ।

महासंघले साउन ८ गते अपाङ्गताहरुको अधिकार सुनिश्चितताको माग गर्दै -याली आयोजना गर्ने भएको हो । महासंघ प्रदेश अध्यक्ष रामबहादुर कार्कीले अपाङ्गताहरुका समस्याका बारेमा प्रदेश सरकार र सरोकारवाला निकायहरुमा जानकारी गराउन बताए ।

उनले ९ र १० गते अपाङगता भएकाहरुको मागका बारेमा मन्त्रालय र सम्बन्धित सरोकारवाला निकायहरुमा जानकारी गराउने बताए ।

महासंघले अपाङ्गता भएका व्यक्तीहरुकालागि पहुचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९लाई पूर्ण रुपमा कार्यन्यन गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने भौतिक संरचना अपाङ्गता भएकाहरुको पहुचयुक्त बनाउनुपर्न, प्रदेश स्तरीय अपाङ्गता समन्वय समिति निर्माण गर्न आवश्यक व्यावस्था मिलाउनुपर्ने, राष्ट्रिय स्तरबाट सञ्चालित कार्यक्रम सुमुदायमा आधारित पुनस्थापना स्तानीय तहहरुबाट गर्नुपर्ने माग अघि सारेको छ ।

महासंघले प्रदेश तथा स्थानीय तहमा अपाङ्गता सहायता कक्ष स्थापना गर्नुपर्ने, स्थानीय तह र प्रदेश मन्त्रालयमा दोभाषेको व्यावस्था गर्नुपर्ने, सहायक सामागि निशुल्क वितरण गर्नुपर्ने लगायत शिक्षा स्वास्थ्य र रोजगारीका बिषयमा २७ वटा माग गरेको हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]