Sorry, your browser does not support JavaScript! फरार चोर पक्राउ - Merodesh.news

फरार चोर पक्राउ

भक्तपुर, २ साउन।  विगत केही समयदेखि काठमाडौँं उपत्यकाभित्र चोरी कार्यमा संलग्न रहेको आरोपमा भक्तपुर चाँगुनारायण नगरपालिका–७ बस्ने ४० वर्षीय पशुपति रिमाललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ

गत जेठ १५ गते राति मध्यपुर ठिमी नगरपालिका–६ कुण्डोल भगवतीमार्गस्थित नवीन बुढाथोकीको घरमा दराज फुटाइ नगद तथा सुनचाँदीका गरगहनासमेत गरी रु सात लाख २५ हजार बराबरको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको भन्दै रिमाललाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त ठिमीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । निजको साथबाट चोरी गरेको विभिन्न धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै विराटनगर महानगरपालिका– १४ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका– २ बालकोट बस्ने सन्तोष घिमिरेको घरबाट रु करीब एक लाख २५ हजार बराबरको धनमाल चोरी भएको छ । बाथरुमको झ्यालबाट प्रवेश गरी मोबाइल दुई थान र एक थान ल्यापटपसमेत गरी करीब रु एक लाख २५ हजार बराबरको धनमाल गएराति चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्
५० वर्ष अघिदेखि भोगचलन गर्दै आएको जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन[...]

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते
चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा ९१ को मृत्यु, ३४० घाईते

चितवन।  जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन्[...]