Sorry, your browser does not support JavaScript! युवती हत्याको आशंकामा युवक पक्राउ - Merodesh.news

युवती हत्याको आशंकामा युवक पक्राउ

कञ्चनपुर, २ साउन।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ ।

कृष्णपुर नगरपालिका–२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो ।

पक्राउ परेका बोहरालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँले बताउनुभयो । दुई दिनअघि प्रहरीले विष्टको हत्याको आरोपमा २१ वर्षीय मदन गिरीलाई पक्राउ गरेको थियो ।

विष्टको असार ३२ गते बिहान १ बजे लालझाडी गाउँपालिका–५, लालझाडी जंगलको आमखैया नजिक शव फेला परेको थियो । विष्ट असार २६ गते घरबाट हराएकी थिइन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

आफ्नै नाता पर्ने बालिका बलात्कार गर्नेलाई सार्वजनिक
आफ्नै नाता पर्ने बालिका बलात्कार गर्नेलाई सार्वजनिक

बाजुरा। बाजुरा एक बालिकालाई गरेको अभियोगमा माघ १ गते पक्राउ परेका बूढीगङ्गा नगरपालिका–८ नुवाकोट बस्ने दलबहादुर थापालाई बाजुरा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । सतचालिस वर्षका थापाले अपराध स्वीकार[...]

६० वर्षीय ससुराको हत्या, बुहारी प्रहरीको नियन्त्रणमा
६० वर्षीय ससुराको हत्या, बुहारी प्रहरीको नियन्त्रणमा

बैतडी।  अपरतिचित व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई[...]

धान उत्पादनमा वृद्धि
धान उत्पादनमा वृद्धि

भीमदत्तनगर।  गत वर्षभन्दा यस वर्ष कञ्चनपुर र कैलालीमा धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । धानखेतीका बेला विभिन्न प्रकोप नदेखिनुका साथै सिञ्चित क्षेत्रको वृद्धि र किसानलाई विभिन्न सुविधा उपलब्ध[...]