Sorry, your browser does not support JavaScript! कर्मकाण्ड गर्न दलितहरुलाई पुरोहितको चरम अभाव - Merodesh.news

कर्मकाण्ड गर्न दलितहरुलाई पुरोहितको चरम अभाव

विराटनगर, २ साउन । हिन्दु धर्म मान्ने दलितहरुलाई आजकल कर्मकाण्ड गर्ने पुरोहितको चरम अभाव हुन थालेको छ ।

अझै गैर दलित (ब्राम्हण) पुरोहितहरुले सहर्ष रुपमा पुजाआजा नगरि दिने र आफनो समुदायका पुरोहितहरु हराउदै गएकोले पुर्वको झापा, मोरंग र सुनसरी जस्ता शिक्षित जिल्लामा बसोवास गर्ने दलितहरुलाई कर्मकाण्डगर्ने पुरोहितको चरम अभाव हुन थालेको हो ।

पहिले आफनै समुदायमा कर्मकाण्ड गर्न जानेका अगुवा दलित पुरोहितहरु हुनेगर्दथे । जसले गर्दा सहजै गाउँ घरमा पुरोहित पाउन सकिन्थ्यो । तर आजकल पुरानाहरु हराउदै गएको र नयाँ पुस्ताले कर्मकाण्डमा चासो नदिएकोले पुरोहितको अभाव चरम हुन थालेको दलित अधिकारकर्मी दुर्गा नेपाली बताछिन ।

मोरंगको कानेपोखरी गाउँपालिका ६ निवासी अधिकारकर्मी दुर्गाका अनुसार संविधान र कानुनले जातिय बिभेद र छुवाछुत हटाएर सबैलाई समान स्तरको नागरिक बनाएपनि गाउँ घरमा अझै समानता आउन सकेको छैन । यसैले अझै पनि गैरदलित समुदायका पुरोहितहरु निर्धक्कसाथ दलितका घरमा आएर समाजिक कार्जे गर्नगराउन चाहदैनन ।

समुदायमा पुरोहितको अभाव चरम हुन थालेकोले देखेपछि अव गाउँपालिकासँग मिलेर दलित युवाहरुलाई सहभागी गराएर कर्मकाण्ड प्रशिक्षण चलाउने तैयारी दुर्गाको छ । उनले यसकालागि गाउँपालिकामा योजना पनि पठाइसकेकी छन । कानेपोखरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष खडग बस्नेतले पनि पुरोहितको अभाव कम गर्न आफु कर्मकाण्ड प्रशिक्षण आयोजना गर्न ईन्टे«स्टेड भएको बताए ।

भने,– “कर्मकाण्ड प्रशिक्षण दलितहरुकालागि मात्र नभएर गैरदलितहरुकालागि पनि आवश्यक छ यसैले सबै समुदायका युवाहरुलाई भेला गराएर तालिम आयोजना गर्ने योजनामा छौ ।”

एक नम्बर प्रदेशका शिक्षित जिल्लाहरुमा अप्रत्यक्ष छुवाछुत कायमै । झापा, मोरंग, सुनसरी जस्ता शिक्षित जिल्लामा कर्मकाण्ड गर्ने पुरोहितको चरम अभाव भोग्दैछन दलितहरु ।

मोरंग सुन्दरपुर नगरपालिका दलित समन्वय समिति अध्यक्ष कुमार मिजारका अनुसार अझै पनि दलित समुदायहरुले कार्जेमा आफनै समुदायको पुरोहित बोलाउनु पर्ने बाध्यता कायमै छ । तर समुदायका पुराना पुरोहितहरु मासिदै गएकोले हत्तपत्त कार्जे गर्ने पुरोहित फेला पर्न सक्दैनन ।

यसैले अझै एउटै समाजमा बसेपनि दलितहरुले मरिमराउ , बिहे ब्रतबन्ध र अन्य पुजाआजाहरुमा धेरै टाढा टाढाबाट पुरोहितहरु बोलाउनु पर्ने बाध्यता छ । यसैले उनि संबिधान कानुनले सबैलाई समान बनाइसकेकोले अब बाहुन पुरोहितहरुले पनि दलितका घरमा गएर निर्धक्क कर्मकाण्ड गर्नथाल्नुपर्नेमा जोड दिन्छन ।

अध्यक्ष मिजार भन्छन , – ‘ ब्राम्हण पुरोहितहरुले सबैका घरमा सहज रुपमा कर्मकाण्ड गरिदिने हो भने कसैलाई पुरोहितको अभाव पनि हुने थिएन र उनिहरुको आम्दानीसँगै समाजिक अन्र्तृघुलन पनि बढने थियो ।,
झापा बिर्तामोडका टेलर व्यवसायी बिरु दर्नालका अनुसार ब्राम्हण पुरोहितहरु क्षेत्री नेवार , राई , लिम्बु , लगायतका घरमा गएर कर्मकाण्ड गर्ने गरेपनि अझै दलितका घरमा चाँही आएर कर्मकाण्ड गर्न चाहदैनन ।

दलितको कर्मकाण्ड गरेमा समाजिक बहिष्कारमा परिन्छ वा आफु नै अछुत होइन्छ भन्ने पुरानो मुलुकी ऐनको ‘भातपानी बार्ने’ कानुनी सोच अझै पनि कायमै छ । केहीले दलितहरुको घरमा गएर कर्मकाण्ड गर्नुपर्छ भन्ने गरेपनि सँगो ब्राम्हण पुरोहितको समुदायले साथ नदिँदा उनिहरुलाई अझै भयमा छन ।

केहीले आँट गरेर दलितकोमा कर्मकाण्ड गरेपनि दलित बाहेक अरुले उनिहरुलाई राम्रो काम गरेको भनेर प्रोत्साहन गर्ने गरेका छैनन ।  काुननले सबैखाले जातिय बिभेद र छुवाछुत हटाएर सबैलाई समान बनाएपनि शिक्षित जिल्लामा बसोवास गर्ने दलितहरुले कर्मकाण्ड गर्ने पुरोहितको अभाव भोग्नु छुवाछुत कायमै भएको सप्रमाण उदाहरण हो भन्छन धरान औजार दैनिकका कार्यकारी सम्पादक रणधोज लोहार ।

उनका अनुसार पुरोहितहरु कर्मकाण्ड गर्न नमान्नुको उदाहरण समाजमा दलित र गैरदलितहरुको समाजिक र साँस्कृतिक अन्र्तघुलनमा अझै समस्या कायमै छ भन्ने हो । पत्रकरा लोहारले भने,– “सँगै खाएँ र बसे भनेर मात्र पुग्दैन समुदायको अन्र्तघुलनलाई बलियो बनाउन अव कर्मकाण्ड कार्यको आदान प्रदानलाई सहज बनाउनु आवश्यक छ ।”

संबिधान र कानुनले जातिय बिभेद र छुवाछुतलाई दण्डनिय मानेपनि शिक्षित मानिएका पुर्वका झापा, मोरंग, सुनसरी लगायतका जिल्लाहरुमा सार्बजनिक स्थलमा खानेपिउने र बस्ने कुरामा छुवाछुत नभए पनि अझै अन्र्तजातिय विवाहमा रोक लगाउने देखी समाजिक साँस्कृतिक कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष बंचितिकरणमा पार्ने चलन कायमै छ ।

बिश्वकर्मा समाजका अध्यक्ष गोपाल लकान्द्री अझै दलितहरुको कार्जेमा गैरदलित पुरोहितहरुले कर्मकाण्ड गर्न नचाहनु शिक्षितहरुबाट हुने बिभदेको प्रत्यक्ष उदाहरण हो भन्दछन । उनका अनुसार जेठ पहिलो हप्ता मोरंगको पथरी शनिश्चरे नगरपालिका ४ मा यूवा यादब श्रेष्ठले बिश्वकर्मा थरकी महिलासँग बिबाह गरेकै कारण आफनो बाबुको मृत्यूमा कर्मकाण्ड गर्ने पुरोहित पाउन सकेनन् ।

पछि बिश्वकर्मा समाजकै पहलमा बिभिन्न सँस्थाहरुलाई गुहारे पछि ब्राम्हण समाजका केन्द्रिय उपाध्यक्ष डिल्लीराम उप्रेतीले आएर सातौ दिनेदेखी काजक्रिया गरिदिए । समाजिक बिभेद हटाउन सहयोग गरेको भन्दै बिश्वकर्मा समाजले पुरोहित उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान समेत गरयो ।

नेपालका दलितहरु एउटै हिन्दु धर्म सँस्कृति मान्ने ब्राम्हणहरु झै आर्यन समुदायकै बंश हुन । पछि मात्र उनिहरुलाई श्रमशोषण गर्नेहरुले मात्र जातमा बिभाजन गरेर छुत र अछुत बनाएको थियो । लामो समयसम्म अछुतको जर्जर जिबन बाच्न बाध्य दलित समुदायलाई अव देशको संबिधान र कानुननले न्याय दिइसकेको छ ।

यसैले समान रुपमा कर्मकाण्ड आदानप्रदान गरेमा समाजिक सौह्रदता बलियो बनाउन पनि सहयोग पुग्छ । अध्यक्ष लकान्द्रि अझै अन्र्तजातिय विवाह गर्नेहरुले आफनो छोराछोरीको न्वारान आफन्तको काजकिरिया गर्न ब्राम्हण पुरोहित नपाएका र कर्मकाण्ड गर्न दलितहरुलाई पुरोहित अभाव भएका घटनाहरु सार्वजनिक हुनु दुखदायी मान्दछन ।

साँस्कृति बिद प्राडा गणेश श्रेत्रीका अनुसार समाजका असल परम्पराहरु सँस्कृति र खराव चलनहरु बिकृती मानिन्छन । यसैले राज्यले जातिय उँचनिच र छुवाछुतलाई बिकृती मानेर संबिधान र कानुन मार्फत पुर्ण रुपमा उन्मुलन गरिसकेको छ । यसैले अब जंगबहादुर राणा कालको छोइछिटो हाल्ने मुलुकी ऐनको सोच राखेर उँचनिचको व्यवहार गर्नु अमाबिय मात्र नभै अपराध हो ।

दलितहरुका कार्जेहरुमा निधक्र्क ब्राम्हण पुरोहित सहभागी नभएसम्म समाजिक साँस्कृतिक अन्र्तघुलन पुर्ण नहुने डा क्षेत्रीको पनि ठहर छ । सँस्कृतिविद प्रा.डा. क्षेत्री भन्छन – “यसैले निर्धक्क दलितहरुकोमा ब्राम्हण पुरोहितले कर्मकाण्ड गर्ने बतावरण तैयार गरेर सामाजिक साँस्कृतिक अन्र्तघुनलाई बलियो बनाउने अभियानमा सबै लाग्नु आवश्यक छ ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच
नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे ।[...]

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा
हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको[...]