Sorry, your browser does not support JavaScript! छिमेकी महिलाको औला टोकेर छिनाउनेलाई जेल - Merodesh.news

छिमेकी महिलाको औला टोकेर छिनाउनेलाई जेल

विराटनगर,  २ साउन। कुकुरलाई खुल्ला दिसा गराउन नदिएको झोकमा छिमेकी महिलाको औला टोकेर छिनाली दिने विराटनगरका एक बृद्धलाई अदालतले जेल चलान गरेको छ ।

महिलाको औला

कुकुरलाई खुल्ला दिसा नगराउनु भन्दा छिमेकी महिलाको औला टोकेर छिनाएर अंगभंग गरेको आरोपमा जिल्ला अदालतल मोरंगले विराटनगर महानगर ८ जयनेपाल चौक बस्दै आएका ६५ बर्षिय टेकबहादुर गिरीलाई पुर्पक्षकालागि जेल चलान गर्न आदेश गरेको हो ।

अदालत प्रशासनका अनुसार ५ नम्बर इजलासका न्यायधिश महेन्द्रप्रसाद पोखरेलको इजलासले बृद्ध गिरीलाई पछि ठहरे बमोजिम हुने गरि पुर्पक्षकालागि जिल्ला कारागार पठाउन आदेश गरेको हो । अदालतको आदेश पछि बिरामीको बहाना बनाएर अस्पतालमा उपचार गराइरहेका गिरीलाई मोरंग प्रहरीले कारागार चलान गरिसकेको छ ।

८ असार साँझ बृद्ध गिरीले आफनो घरको कुकुरलाई बाहिर निकालेर छिमेकी हिडने बाटोमा शौच गराउन थालेका थिए ।छिमेकी संगीता उपाध्याय पोखरेलले गिरीलाई आदरपुर्वक जहाँपायो त्यहाँ कुकुरलाई दिसापिसाव नगराउन आग्रह गर्दा गिरीले संगीता र उनका पतिलाई कुटपिट गर्दै संगीताको देब्रे हातको कान्छि औला टोकेर छिनाली दिएका थिए ।

गिरीलाई स्थानियबासीहरुले नै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । मोरंग प्रहरीले गिरी बिरुद्ध कुटपिट तथा अंगभङको मुद्दा अदालतमा दर्ता गराएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]