Sorry, your browser does not support JavaScript! छिमेकी महिलाको हत्या गर्ने दम्पत्ती १४ बर्षपछि पक्राउ - Merodesh.news

छिमेकी महिलाको हत्या गर्ने दम्पत्ती १४ बर्षपछि पक्राउ

विराटनगर २ साउन । छिमेकी एकल महिलाको हत्यामा आरोपी एक दम्पत्तीलाई प्रहरीले चौध बर्षपछि पक्राउ गरेको छ ।

१२ असोज २०६१ मा मोरङका तात्कालिन सिंहदेवि गाबिस ३ की ४८ बर्षिया एकल महिला चोकमाया लिम्वुलाई धारिलो हात हतियार प्रयोग गरेर हत्या गरि फरार भएका एक दम्पत्तीलाई इलाका प्रहरी बेलबारीले १४ बर्षपछि पक्राउ गरेको हो ।

पक्राउ पर्ने दपम्त्तीहरुमा मोरङ सिंहदेवी गाविस ३ का ५० बर्षिय हस्ति प्रसाद लिम्बु र उनती पत्नी ५० बर्षिया गंगा माया लिम्बु छन ।

व्यक्ति रिसइबीकालागि गरेका थिए दम्पतीले एकल महिलाको हत्या

व्यक्तिगत रिसइबिले गर्दा पति मरेर गाउँमा एक्लै बस्दै आएकी एकल महिला चोकमायाको सुब्बा दम्पत्तीले हत्या गरेका थिए । हत्या उनिहरुले गरेको खुलेपछि द्धन्द्धकालको समयमा माओबादीहरुले उनिहरुलाई पक्राउ गरेर श्रमशिबिरमा पनि राखेको थियो । तर उनिहरु त्यहाँबाट भागेर भारतको सिक्किम तिर लुकेर बस्दै आएका थिए ।

उता हत्या गरिएकी महिलाका छोराले उनिहरुमाथि तत्कालै किटानी जाहेरी दिएका थिए । तर द्धन्द्धकालिमा पहाडी क्षेत्रमा प्रहरी अनुसन्धानकालागि जान नसक्दा उनिहरु पक्राउ पर्न सकेका थिएनन् । गाउँमा भएको खेतीपाती र सम्पत्तीको लोभले बेलाबेला धरान स्थित आफन्तकोमा उनिहरु आउजाउ गर्ने गर्दथे ।

हत्या आरोपीहरु आउने जाने गरेको सूचना पाएपछि बेलबारी प्रहरीले उनिहरुलाई धरान आएको मौकापारि ३२ साउनमा पक्राउ गरेको थियो ।
पक्राउ गरिएका दम्पत्तीलाई कर्तव्य ज्यान अपराधमा अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको मोरंग प्रहरीले जनाएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]