Sorry, your browser does not support JavaScript! जलवायु परिवर्तनले पानीको सतह घटदै - Merodesh.news

जलवायु परिवर्तनले पानीको सतह घटदै

विराटनगर,  १ साउन।  जलवायु परिर्वतनको प्रभावले नेपालको जल सुरक्षा चुनौतीपुर्ण बन्दै गएको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन ।

जलवायु परिवर्तन

प्राकृतिक संशाधनको असिमित दोहनका कारण सतहमुनिको जलस्तर घट्नुका साथै अनियमित बर्षाका कारण पिउने पानीको अभाव हुंदै गएको कार्यक्रमका वक्ताहरुले बताएका थिए । नेपाल बायोलोजिकल सोसाईटी विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्नुहुंदै वन,वातावरण तथा पानीका अध्येता कौशलराज न्यौपानेले अब्यवस्थितरुपमा बढदो शहरीकरणले जलवायुमा प्रतिकुल प्रभाव पारिरहेको बताए ।

जलवायु परिवर्तन

उनले घर निर्माण गर्न प्रयोग गरिने सिमेन्ट र सडक निर्माणमा प्रयोग गरिने कालोपत्रेका कारण जमिनले पानी सोस्ने प्रकृया अवरुद्ध हुंदै गएका कारण जमिनमुनिको पानीको सतह घट्दै गएको बताए । न्यौपानेले जलवायु परिवर्तनकै कारण अनियमित बर्षा हुने र बाढी पहिरोको प्रकोप समेत बढदो रहेको बताए । फ्युचर हिमालया इन्स्टीच्युटका निर्देशक मणिराम बन्जाडेले समृद्ध नेपालको सपना पुरागर्न वातावरणीय सन्तुलनको भुमिका महत्वपुर्ण रहेको बताए ।

उनले वातावरणीय सन्तुलन कायम राख्न कृषि–बनको अवधारणा नेपालकालागि उत्तम रहेको बताए । परम्परागत कृषिलाई परिमार्जित गर्दै नया पद्धतिमा लानसके वातावरण सन्तुलन कायम राख्न महत्वपुर्ण हुने उनको भनाई थियो । यसअघि प्रदेश एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले कार्यक्रमको उदघाटन गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]