Sorry, your browser does not support JavaScript! कानेपोखरीबाट २० केजी गाँजा सहित तीन जना पक्राउ   - Merodesh.news

कानेपोखरीबाट २० केजी गाँजा सहित तीन जना पक्राउ  

विराटनगर, १ साउन।   साढे २० केजी गाँजा सहित मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउपालिका–४ धम्कुवाबाट २० केजी पाच सय ग्राम गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कानेपोखरी गाउँपालिका ४ धम्कुवा बस्ने वर्ष ३२  बर्षिय बमबहादुर लिम्बुको घरमा लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने सूचनाका आधारमा छापा मार्दा गाँजा सहित  ३२ बर्षिय बमबहादुर लिम्बु, सोही ठाउका २१ बर्षिय रमेश कार्की र २७ को सम्भू लिम्बुलाई पक्राउ गरेको हो । उनीहरुलाई लागु औषध अन्तर्गत मुद्धामा म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी  दिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]