विराटनगर, १ साउन। सेन्टजोसेफ प्लस टु विराटनगरले नया शैक्षिक सत्रकालागि भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ ।
कलेजले मंगलवार विज्ञान व्यावस्थापन, कम्यूटर र होटल म्यानेजमेन्टमा भर्ना भएका दुई सय विद्यार्थीहरुकालागि अभिमुखीकरण गरेको हो ।
पूर्वाञ्चल विश्वविद्यालयका पूर्व डिन तथा बरिष्ठ सर्जन डाक्टर आर के सिंहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर अशोककुमार मल्लिक, सेन्टजोसेफ प्लस टुका डाइरेक्टर रोहित थपलिया लगायतले नया विद्यार्थीहरुलाई कलेजका बारेमा अभिमुखीकरण गरेका थिए ।
डाक्टर आर के सिंहले नया भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाकालागि मेहनत गरेर अध्ययन गर्न सझुाव दिएका थिए । सेन्टजोसेफ स्कुलका प्रिन्सिपल एडल्प रोपासले पूर्ण अंग्रेजी बातावरणमा अध्यापन गराउदै रोजगारमुखी शिक्षा प्रदान गरिरहेको बताएका थिए ।