Sorry, your browser does not support JavaScript! एक बर्षमा १२९ वर्ष कैद र चार करोड जरिवाना असुल - Merodesh.news

एक बर्षमा १२९ वर्ष कैद र चार करोड जरिवाना असुल

विराटनगर,  १ साउन । विभिन्न मुद्धामा अदालतले दोषी ठहर गरे पनि फरार रहेका प्रतिवादी मध्ये एक वर्षको अवधिमा एक सय ८७ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

अदालतले कैद तथा जरिवानाको फैसला सुनाए पनि फरार रहेकाहरुलाई पक्राउ गर्ने सवालमा प्रहरीले चालु आर्थिक वर्ष २०७४/०७५ मा उल्लेख्य सफलता हात पारेको छ । ‘दोषी ठहर भए पनि फरार रहेका अपराधी पक्राउ गर्न ‘फैसला कार्यान्वायन’ विशेष अभियाननै चलाएको थियो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले भने ।

अभियान चलाइएपछि जिल्ला स्थित प्रहरीका विभिन्न युनिटले फरार पक्राउ गरेर अदालतमा बुझाएको उनले बताए । थापाका अनुसार प्रहरीले फरार प्रतिवादीहरु पक्राउ गर्दा एक सय २९ वर्ष तीन महिना १९ दिन कैद र चार करोड ६४ लाख ४४ हजार छ सय ३८ रुपैयाँ जरिवाना असुल भएको छ ।

सबै भन्दा बढी इलाका प्रहरी कार्यालय रानीले एक वर्षको अवधिमा ७८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्र स्थित रानी प्रहरी प्रमुखका रुपमा प्रहरी निरीक्षक सन्तोश निरौला आएपछि फरार प्रतिवादी पक्राउमा प्रहरीले ठूलो सफलता हात पारेको हो ।

सोमबार मात्रै जवरजस्ती करणी मुद्धामा २०७३ साल भदौ ३० गतेदेखि फरार रहेका विराटनगर १५ का ५८ वर्षीय मदनप्रसाद पासवानलाई इप्रका रानीले पक्राउ गरेको छ । भारतमा लुकिछिपी बसिरहेका उनलाई नेपाल–भारत सीमा क्षेत्रको दशगजाबाट पक्राउ गरिएको प्रनि निरौलाले बताए । जिल्ला प्रहरी कार्यालयले ६० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय विराटनगरले २२, इलाका प्रहरी कार्यालय रानीले ७८, इलाका प्रहरी कार्यालय रंगेलीले तीन, इलाका प्रहरी कार्यालय बेलबारीले १९, इलाका प्रहरी कार्यालय पथरीले तीन, वडा प्रहरी कार्यालय हाटखोलाले एक र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी)ले एक जना फरार प्रतिवादी पक्राउ गरेका छन् ।

डीएसपी थापाका अनुसार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका मध्ये २१ जना सार्वजनिक अपराध, १२ जना चोरी, एक जना कर्तव्य ज्यान, एक जना लागूऔषध र २३ अन्य मुद्धामा अदालतबाट दोषी ठहर भएकाहरु छन् । उनीहरुलाई पक्राउ गर्दा ३८ वर्ष नौ महिना १५ दिन कैद र १९ लाख १४ हजार ४९ रुपैयाँ ७४ पैसा जरिवाना असुल भएको उनले बताए ।

वडा प्रहरी कार्यालयले पक्राउ गरेका मध्ये १० जना सार्वजनिक अपराध, पाँच जना चोरी र सात जनालाई अन्य मुद्धामा अदालतले दोषी ठहर गरेको थियो । उनीहरुलाई पक्राउ गर्दा पाँच महिना तीन दिन कैद र तीन लाख २६ हजार तीन सय ५० रुपैयाँ जरिवाना असुल भएको जानकारी थापाले दिए ।

अदालतले दोषी ठहर गरेका मध्ये सार्वजनिक २१ जना सार्वजनिक अपराध, १० जना चोरी, एक जना कर्तव्य ज्यान, ११ जना लागूऔषध र ३५ जना अन्य मुद्धाका फरार प्रतिवादी पक्राउ गर्दा ४३ वर्ष ११ महिना २१ दिन कैद र पाँच लाख २४ हजार दुई सय ८६ रुपैयाँ जरिवाना असुल गर्न इलाका प्रहरी कार्यालय रानी सफल भएको छ ।

रंगेली प्रहरीले अन्य मुद्धामा दोषी ठहर भएका तीन जनालाई पक्राउ गर्दा २१ वर्ष छ महिना २९ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना असुल भएको छ ।

बेलबारी प्रहरीले सार्वजनिक अपराधका पाँच, चोरीका छ, जवरजस्ती करणीका एक र अन्य मुद्धाका सात जना फरार प्रतिवादी पक्राउ गर्दा १४ वर्ष आठ महिना कैद र नौ लाख ७३ हजार सात सय ५७ रुपैयाँ जरिवाना असुल भएको छ ।

पथरी प्रहरीले अन्य मुद्धाका तीन जना पक्राउ गर्दा पाँच वर्ष तीन महिना २० दिन कैद र नौ हजार चार सय रुपैयाँ जरिवाना असुल भएको डीएसपी थापाले बताए । वडा प्रहरी कार्यालय हाटखोलाले सार्वजनिक अपराधका एक जना फरार पक्राउ गरेर एक महिना १५ दिन कैद र एक हजार दुई सय ८४ रुपैयाँ ७५ पैसा जरिवाना असुल गराएको छ ।

सीआईवीले अन्य मुद्धामा दोषी ठहर भएर पनि फरार रहेका एक जना पक्राउ गर्दा चार वर्ष कैद र चार करोड २६ लाख ८३ हजार पाँच सय ११ रुपैयाँ जरिवाना असुल भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]