Sorry, your browser does not support JavaScript! चालकको खबर लिन मोरंगमा ट्राफिकको स्टिकर अभियान - Merodesh.news

चालकको खबर लिन मोरंगमा ट्राफिकको स्टिकर अभियान

विराटनगर,  १ साउन।  मोरंग ट्राफिले यात्रुबाहक सवारी चालक र सहचालकहरुले के कस्तो व्यवहार गरे सो बारे जानकारी लिन स्टिकर टाँस अभियान चलाएको छ ।

सार्वजकि सवारीका चालक र सहचालकहरुले यात्रु मैत्री व्यवहार गरे नगरको प्रत्यक्ष यात्रुहरुबाटै बुझन हरेक सवारीहरुमा प्रहरीका फोन नम्बर उल्लेख भएको स्टिकर टाँसेर मोरंग ट्राफिक प्रहरीले स्टिकर टाँस अभियान चलाएको हो ।

स्टिकर टाँस भएपछि चालकले सवारी कुन गतिमा कुदाए थिए, सहचालकहरुले यात्रा क्रममा कस्तो व्यवहार गरे, परिचयपत्र थियो थिएन, चालकले जुत्ता लगाएका थिए थिएनन, मादक पर्दाथ सेवन गरेका थिएकी थिएनन अनि जथाभावी हर्न बजाए बजाएनन र प्रस्टसँग देखिने गरि भाडादर टाँस गरिएको थियो थिएन भन्नेबारे यात्रुहरुबाटै प्रत्यक्ष जानकारी पाउन सकिने आपेक्षा प्रहरीको छ ।

१ साउनदेखी चालक र सहचालकहरुको व्यवहार प्रत्यक्ष यात्रुहरुबाटै बुझेर सार्वजनिक सवारीहरुलाई यात्रु मैत्री बनाउनकालागि पहल सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगका ईन्स्पेक्टर शिवप्रसाद पोखरेलले बताए । उनका अनुसार चालक र सहचालकहरुले गरेको व्यवहारबारे जानकारी दिन जो कोही यात्रुले सोझै ९८५२०९११०९ र ९८५२०२०४१० वा ०२१५३५३९९ मा सोझै फोन गर्न सक्नेछन ।

मोरंग ट्राफिकले आजदेखी भाडा बिबरण टाँस नगर्ने, चप्पल लगाएर सवारी कुदाउने, परिचय पत्र नबोक्ने, र तोकिएको स्टेण्ड बाहेक जहाँपायो त्यहाँ सवारी साधन रोकेर यात्रु चढाउने उतार्नेहरुलाई कार्वाही गर्ने जनाएको छ ।

घरघरबाट बिद्यार्थी उतार्न चढाउन रोक

यसैगरि विराटनगर महानगरमा अब स्कुल वसहरुले अबदेखी घर घर पुगेर बिद्यार्थी चढाउन उर्तान र कोचेर हाल्न पाउने छैनन । घरघरमा पुगेर बिद्यार्थी चढाउँदा उर्तादा ट्राफिक समस्या बढेकोले निश्चि प्वाईन्टमा बिद्यार्थी चढाउन उर्तानु पर्नेछ । ईन्स्पेक्टर पोखरेलले भने, “सरोकारवालारुलाई निश्चि प्वाईन्टबाट बिद्यार्थी ल्याउन लान र कोचेर नचढाउन आग्रह गरिसकेको र अटेर गरेमा कार्वाही गर्ने छौ ।”

हाइबेमा जहाँपायो त्यहीबाट सवारी उठाउन नपाउने

मोरंग ट्राफिकले विराटनगर महानगरभित्रको मुख्य हाइबेमा जहाँ पायो त्यहाँबाट यात्रु चढाउन, उर्तान पनि निषेध गरेको छ । कोशी राजमार्ग अन्र्तगको विराटनगर बस पार्कदेखी बरगाछी सम्म दुई दुई स्थान बाहेक अन्यत्र कतै पनि यात्रुहरु चढाउन उर्तान पाइने छैन ।

राजमार्गको स्तरोन्नती गर्ने कार्य भैरहेकोले जहाँपायो त्यहाँबाट यात्रु चढाउ उर्तान सवारी रोक्न ट्राफिक समस्या र दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाई छ ।

राजमार्गमा पार्किङ गरेर रेष्टुरेन्टमा खान खाने होशियार

यसैगरि विराटनगर महानगरको मुख्य हाइवेमा सवारी साधान पार्किङ गरेर होटल रेष्टुरेन्टमा खाजा खान जान पाइने छैन । राजमार्गमा सवारी पार्किङ गरेर अबेर सम्म होटल रेष्टुरेन्टमा खान जाँदा ट्राफिक समस्या बढेर अवागमन असहज भएकोले १ साउनदेखी कडाईका साथ नियम लागू गरिएको मोरंग ट्राफिकका ईन्स्पेक्टर शिबप्रसाद पोखरेलले बताए ।

महानगरको बिजी बजारमा पार्किङ निषेध

विराटनगर महानगरपालिकाको बिजी क्षेत्रमा सबै खाले सवारी साधन पुर्ण रुपमा पार्किङ निषेध भएको छ । जिल्ला ट्राफिक प्रहरी मोरंगले महानगरको ट्राफिक चौकदेखी जलजला चौक सम्मको बजार क्षेत्रमा सबै खाले सवारी साधन पुर्ण निषेध गरेको हो ।

बजार क्षेत्रमा दैनिक ४ सय मोसा र १ सय जीपकार पार्किङ हुने गरेकोले बजारमा सधै ट्राफिक जाम हुने गरेकोले निषेध गरिएको ईन्स्पेक्टर पोखरेलले बताए । तर निषेध क्षेत्रमा निश्चित तोकिएको स्थानमा पार्किङ गर्न र ओहोरदोहोर गर्न चाँही पाइने छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]