Sorry, your browser does not support JavaScript! गाडी कुदाउदा ड्राइभरलाई चप्पल निषेध - Merodesh.news

गाडी कुदाउदा ड्राइभरलाई चप्पल निषेध

विराटनगर, ३२ असार।   साउन १ गतेबाट मोरङमा चप्पल लगाएर सार्वजनिक यातायातका साधन कुदाउन नपाइने भएको छ । मोरङ ट्राफिक प्रहरीले चप्पलका कारण दुर्घटना हुन सक्ने बताउदै सवारी कुदाउदा चालकलाई चप्पलको प्रयोग गर्न निषेध गरेको हो ।

मोरङ ट्राफिकले सार्वजनिक यातायातको साधन कुदाउन अनिवार्य जुत्ता लगाउने नियम मंगलवारबाट लागु गरेको हो । सार्बजनिक यातायातको साधनलाई व्यवस्थीत गर्न चालकलाई चप्पल लगाएर गाडी कुदाउन निषेध गरिएको प्रहरी निरिक्षक शिव पोखरेलले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख रहेका पोखरेलले पहिलो चरणमा सम्झाउने र अटेर गरे कारवाही जानकारी दिए ।

उनका अनुसार सवारी चालक र सहचालकलाई अनिवार्य परिचय पत्र पनि लागु गर्न यातायात व्यावसायीहरुलाई पत्रचार गरिएको छ । यात्रुले देख्नेगरी भाडादर कायम गर्न पनि पत्रचार गरिएको बताए । ‘साउन १ गतेबाट हामी चेकजाच गर्छाै ।’ पोखरेलले भने ‘ साउन ७ गते सम्म जनचेतना जगाउछौ, अटेरी गरे कारवाही गर्छाै ।’ ट्राफिक प्रहरीको व्यावहार पनि शिष्ट बनाउने बताउदै उनले सार्वजनिक यातायातलाई व्यवस्थीत गर्दै दुर्घटना न्यूनिकरणकालागि अभियान सञ्चालन गरिएको जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]