Sorry, your browser does not support JavaScript! विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी - Merodesh.news

विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

मस्को, ३२ असार।  रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ ।

फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट विश्वकर्फ जितेर फर्किन लागेका फूटबल खेलाडीको भव्य स्वागतको तयारी भइरहेको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । फ्रान्सले योसहित दोस्रो पटक विश्वकपको उपाधि हासिल गर्न सफल भएको हो । यस अघि राजधानी पेरिसमा १९९८ मा भएको विश्वकपमा फ्रान्सले पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो ।

यस पटकको फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई २ का विरुद्ध ४ गोलले पराजित गरेको थियो । क्रोएसियाले उपाधि नजिते पनि फाइनलसम्मको यात्रा हालसम्मकै उसको ठूलो सफलता हो । करिब ४१ लाख जनसंख्या भएको मुलुकले फुटबलमा गरेको प्रगतिको विषयमा विश्वमा व्यापक चर्चा चलेको छ ।

साथै विश्वकपको समापन समारोहमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबर कितारोभिकले आफ्ना खेलाडी प्रति दर्शाएको प्रेमको पनि धेरैको मन जितेको छ । उहाँले दोस्रो भएर बाहिरिनु परेकोमा दुःख व्यक्त गर्दै रोएको र खेलाडीहरुलाई प्रेमपूर्वक सान्त्वना दिएको दृश्य अविश्मरणीय मानिएको छ ।

रुसमा गत एक महिना चलेको २१ औँ संस्करणको विश्वकप फूटबल प्रतियोगिता हिजोबाट सकिएको छ भने २२औँ संस्करण सन् २०२२ मा कतारमा हुने तय भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली
साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए[...]

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक जितेको छ । १३औं सागअन्तर्गत मंगलबार भएको फाइनल खेलमा भुटानलाई २-१[...]

भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता
भुटानविरुद्ध नेपालले फेरि बनायो अग्रता

काठमाडौं, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तमा नेपालले अन्डरडग भुटानविरुद्ध अग्रता बनाएको[...]