Sorry, your browser does not support JavaScript! युनिक स्विट्सको दुर्गन्धित पानि सार्वजनिक नालामा मिसाइएको खुलासा - Merodesh.news

युनिक स्विट्सको दुर्गन्धित पानि सार्वजनिक नालामा मिसाइएको खुलासा

विराटनगर, ३२ असार।  विराटनगर मेनरोडस्थित युनिक स्वीट्स एण्ड स्न्याक्सले होटबाट बिसर्जित दुर्गन्धित पानी सार्वजनिक नालामा मिसाउने गरेको खुलासा भएको छ ।

सो षियमा सर्वसाधारणको गुनासो आएपछि विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले जलजलाचोक पश्चिमतर्फ रहेको शनिमन्दिर रोडको उत्तरतर्फका नालाहरुको स्ल्याब हटाउन लगायो । नालाका स्ल्याबहरु हटाउने बित्तिकै वातावरणमा नारकीय दुर्गन्ध फैलियो ।

कारण थियो सडकको पुर्वतर्फ रहेको युनिक मिठाइ पसलबाट बिसर्जित भएको प्रदुषणयुक्त पानी । जुन पानी प्रशोधन नगरी सिधै नालामा मिसाइएको थियो । बिशेषगरि मिठाईको कारोबारगर्ने सो होटलले दैनिक ठुलो परिमाणमा मिठाइ उत्पादन गर्ने गरेको छ । सो क्रममा हजारौं लिटर दुध प्रशोधन गर्ने तथा त्यसबाट बिसर्जित पानी सिधै सार्वजनिक नालामा मिसाउने गरेको छ ।

संधैभरि जाम रहने नालमा बिसर्जित प्रदुषित पानी मिसाउदा सो क्षेत्रको सडकमै फोहोर पानी छताछुल्ल हुने गरेको छ । जसका कारण वातावरणमा दुर्गन्ध फैलिनुकासाथै मच्छडको संख्यामा पनि बृद्धि भएको स्थानीय ब्यपारी जिवलाल अधिकारीले जानकारी दिए । सर्वसाधारणले महानगरपालिकामा लिखित उजुरी दिएपछि पुगेको महानगर प्रमुखसहित फोहोर संकलक साझेदार,महानगरीय प्रहरी र सफाई कर्मचारीहरुले सो क्षेत्रको नालाका सम्पुर्ण स्ल्याबहरु हटाएर नालामा जमेको दुर्गन्धित लेउ हटाएको छ ।

नालामा दुर्गन्धित पानी मिसाउने युनिकलाई नियमानुसार कारवाही गरिने विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दीरा कार्कीले बताईन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]