Sorry, your browser does not support JavaScript! मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता - Merodesh.news

मन्त्री खनाल र विश्व बैंकका देशीय निर्देशकबीच भेटवार्ता

काठमाडौँ, ३२ असार।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस हाडाड जेरोभ्सबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ ।

दुईपक्ष भेटमा निर्देशक जेरोभ्सले नेपालको कृषि क्षेत्रमा सक्दो सहयोग पु-याउने जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानी बढाउन बैंक तयार रहेको बताउँदै कृषि क्षेत्रलाई उच्च मूल्य शृृंखला उत्पादनतर्फ केन्द्रीत गर्दै कृषिको आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने सल्लाह दिनुभयो ।

विश्व बैंकले पशुपक्षी क्षेत्रको सम्भावित नयाँ क्षेत्र, खाद्य तथा पोषण सुरक्षा र रानी–जमरा क्लोरिया सिँचाइ आयोजनामा सहयोग गरेको छ । भेटवार्तामा मन्त्री खनालले विश्व बैंकको सहयोगको प्रशंसा गर्नु हुँदै कृषिलाई नयाँ ढाँचामा परिवर्तन गर्न लाग्दा आम जनताको सकारात्मक धारणा बन्दै गएको बताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]