Sorry, your browser does not support JavaScript! बाढी पीडितद्वारा विराटनगर महानगरपालिकामा धर्ना - Merodesh.news

बाढी पीडितद्वारा विराटनगर महानगरपालिकामा धर्ना

विराटनगर, ३२ असार। गएकोबर्ष आएको बाढीमा क्षति बेहोरेका विराटनगर–२ का बाढी पीडितले राहत नपाएको भन्दै महानगरपालिकामा धर्ना दिएका छन ।

बाढी

राहत नपाएका बालबालिका, महिला सहित युवाहरुको समुहले महानगरपालिकामा धर्ना दिएको हो । सिंघीया खोलामा आएको बाढीका कारण क्षति बेहोरेका तीनपैनी,पुर्वटोलका सुकुम्बासी परिवारले विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दीरा कार्कीलाई भेटेर समेत आफ्ना समस्या राखेका छन ।

बाढी आएको बर्षदिन बित्न लाग्दा समेत राहत पाउन नसकेका कारण कयन परिवार अझपनि पालमुनि नै बस्नुपरेको उनिहरुले गुनासो गरेका थिए । सो बिषयमा वडानम्बर २ को कार्यालयमा पटकपटक गुनासो लिएर जाँदा समेत वडाध्यक्ष कुमार पोखरेलले सुनवाई नगरेको उनिहरुको भनाई छ ।

बाढी

वडाध्यक्षले उल्टै हप्कीदप्की गरेर पठाउने गरेको हो । बाढी पीडित पुर्ण थापाले दाबी गरेका छन । छिट्टै राहतको ब्यवस्था नगरिए वडा कार्यालयमा तालाबन्दी गरेर आन्दोलन थाल्ने बाढी पीडितहरुले चेतावनी दिएका छन । गतबर्ष आएको बाढीमा तीनपैनी पुर्वटोलमा ३ सय ८० परिवार प्रभावित भएकोमा १ सय परिवारले पुर्ण क्षति बेहोरेको बाढी पीडितहरुले जानकारी दिएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]