Sorry, your browser does not support JavaScript! हेल्सिन्कीमा पुटिन र ट्रम्पबीच वार्ता हुदै - Merodesh.news

हेल्सिन्कीमा पुटिन र ट्रम्पबीच वार्ता हुदै

हेल्सिन्की, ३२ असार।   रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार हेल्सिन्कीमा द्विपक्षीय वार्ता हुने भएको छ ।

पुटिन र ट्रम्प

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि फिनल्याण्ड आइपुग्नुभएको छ । उहाँहरुबीचको भेटवार्तालाई विश्वका सञ्चारमाध्यमहरुले पनि निकै प्रचार गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पको हालैमात्र गर्नुभएको युरोपको उतारचढावपूर्ण भ्रमणपछि पुटिनलाई भेट्न उहाँ यहाँ आइपुग्नुभएको हो । तर सो भेटबाट त्यति ठूलो प्रगति भने नहुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । उहाँले उक्त बैठकबाट आफूले कमै अपेक्षा गरेको भेटअघि नै बताउनुभएको हो ।

राष्ट्रपति ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उक्त छलफलमा कुनै औपचारिक मुद्दा भने नहुने जानकारी यसअघि नै दिनुभएको छ । सोमबार हेल्सिन्की शिखर सम्मेलनका क्रममा उहाँहरुबीच वार्ता हुने बताइएको छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।

दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।

यस भेट वार्ताका क्रममा राष्ट्रपतिद्वय ट्रम्प र पुटिनबीच यस विषयमा पनि कुराकानी हुन सक्ने अनुमान गरिएको छ । तर सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसको हस्तक्षेप रहेको भनी लगाइएको आरोपको बारेमा पनि उक्त वार्तामा राष्ट्रपति ट्रम्पले प्रश्न उठाउन सक्ने अनुमान गरिएको छ ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनावमा १२ जना रुसी अधिकारीहरूमाथि हस्तक्षेपको अभियोग लगाइएको थियो । त्यसपछि उहाँहरुबीच यो पहिलो पटक भेटवार्ता हुन लागेको हो । त्यस आसन्न भेटका लागि यो कुनै औपचारिक मुद्दा नभए पनि राष्ट्रपति ट्रम्पले भने त्यसबारेमा आफूले कुरा उठाउने अनुमान गरिएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]