Sorry, your browser does not support JavaScript! जनप्रतिनिधिको एक बर्ष: अपेक्षा बढी काम कम - Merodesh.news

जनप्रतिनिधिको एक बर्ष: अपेक्षा बढी काम कम

विराटनगर, ३२ असार।   विराटनगर महानगरपालिकाले जनप्रतिनिधि पाएको पनि एक बर्ष पुरा भएको छ । जनताका असिमित अपेक्षा र सिमित स्रोत साधनका बिच निर्वाचित भएका जनप्रतिनिधिले एक बर्षको अवधीमा जन अपेक्षा अनुसार काम गरेको गुनासो आउन थालेको छ ।

नेतृत्वमा जनप्रतिनिधि आएको एक बर्ष भएपनि जन अपेक्षा अनुसार काम नभएको गुनासो आएको हो ।

महानगरमा जनप्रतिनिधि नेतृत्वमा आएपछि विकास निर्माणको कामले गति पाएको छ । तर जनताको सामान्य दैनिकीमा प्रवाभ पार्ने काम नभएका कारण सर्वसाधरणले जनप्रतिनिधि आएको महसुस गर्न नपाएको नमिता न्यौपाने बताछिन् ।

‘जनताले महसुस गर्ने काम भएको छैन् ।’ तत्कालिन माओवादी केन्द्रबाट विराटनगर महानगरपालिका उपमेयर उम्मेद्धवार बनेकी न्यौपाने भन्छिन् ‘जनप्रतिनिधिले जनता दैनिकिमा प्रभाव पार्ने सानो सानो काम पनि गरेनन ।’

उनी योजनाबद्ध रुपमा अघि नबढेका कारण जनप्रतिनिधिहरु आलोचित हुन थालेको बताउछिन् । हिजो जनप्रतिनिधि नआदा र आज आउदा महानगरमा जाने सेवाग्राहीले फरक महसुस गर्न सकेका छैनन् ।’ उनले भनिन ‘ जनप्रतिनिधिहरुमा प्रतिवद्धता कार्यन्यन गर्ने पक्ष फितलो भयो ।’

एकबर्षयता जनप्रतिनिधि नेतृत्वमा आएपनि जनताले अनुभूति गर्ने खालका कुनै काम नभएको तत्कालिन नेकपा एमालेको तर्फबाट मेयरको उम्मेद्वार बनेका बिनोद ढकाल बताउछन् । ‘जनताको अपेक्षा अनुसार काम भएन ।’ उनी भन्छन ‘ विराटनगरको विकासको कुरा भएको छ तर परिवर्तन भएको छैन् ।’

जनप्रतिनिधि आएपनि जनताले हिजोकै जस्तो शास्ती भोग्नु परेको उनको भनाई छ ।

तर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सिमिति स्रोत साधनका बाबजुत महानगरले उल्लेख्य काम गरेको बताउछन् । निर्वाचनका बेला चुनावी नारा लगाउदा नगरबासीले पराजुलीले पदभार ग्रहण गरे लगतै सुधार हुने अपेक्षा गरेका थिए ।

तर जनप्रतिनिधिले नेतृत्व ग्रहण गरेको महिना दिन हुन नपाउदै महानगर बाढीको चपेटामा प¥र्याे । बाढीको चपेटाबाट अस्तव्यस्त बनेको विराटनगरलाई सामान्य अवस्थामा फर्कन निकै समय लागेको थियो । बाढी पछि चाडपर्ब र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको कारण महानगरको काम सुस्त देखिएको थियो ।

मेयर भीम पराजुली पनि बाढी चाडपर्ब र चुनावका कारण जनचाहाना अनुरुप काम गर्न नसकेको बताउछन । जनप्रतिनिधिले नेतृत्व गर्नुअघि नै मझौला सहर एकिकृत वातावरणीय सुधार परियोजनाको ढल र नाला विछ्याउन खनिएका सडकका कारण महानगर अस्तव्यस्त थियो ।

मेयरमा निर्वाचित भएपछि पराजुलीले अस्त व्यस्त विराटनगरलाई सामान्य अवस्थामा फर्काउन निरन्तर काम गरेपनि बजार क्षेत्र अझै अस्तव्यस्त छ । तर विराटनगरका भित्रि सडक भने स्तरउन्नतीको काम धमाधम सञ्चालित भएको उनी बताउछन् ।

‘हामीले कोर एरियाका काम गरेका छैनौ ।’ पराजुली भन्छन ‘व्यस्त बजारमा काम नगरेपनि आसपासका साइडमा काम दु्रत गतिमा भएका छन् ।’ कर्मचारीको नेतृत्व हुदा विराटनगर भत्काउने काम भएको बताउदै मेयर पराजुली जनप्रतिनिधि आएपछि निर्माणको कामले गति लिएको बताउछन् ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]