Sorry, your browser does not support JavaScript! बलात्कारी जन्माउने समाज - Merodesh.news

बलात्कारी जन्माउने समाज

यही मंसिर २ गते ललितपुर गोदामचौरकी नवविवाहिता बेलुकी कामबाट फर्कंदा आफूले चिनेकै व्यक्तिहरुबाट सामूहिक बलात्कारको सिकार मात्र भइनन् घटनाको भोलिपल्ट मरणासन्न अवस्थामा भेटिइन् ।

बलात्कारी जन्माउने समाज

बलात्कृत महिलाको अवस्था सुधारोन्मुख भएपनि आरोपीहरु अझै फरार छन् ।उनले न्याय नपाउँदै पुस १६गते त्यस्तै सामूहिक बलात्कारको सिकार बनिन् हलगडा सुनसरीकी १४वर्षीया बालिका । एकमहिनाअघि कानून व्यवसायी र प्रहरी प्रशासनको मिलोमतोमा सामसुम पार्न खोजिएको उक्त घटना भागबन्डा नमिलेपछि बाहिरियो ।

उपरोक्त दुई घटनामा संलग्न पीडकले दण्डसजाय र पीडितहरुले न्याय नपाउदै यही माघ ११गते राजधानीकै मुटुमा अवस्थित ल्याण्डमार्क होटेलमा अर्की किशोरी सामूहिक बलात्कारको सिकार बनिन् । उक्त घटनालाई पनि पीडक र प्रहरी प्रशासनको मिलोमतोमा साम्य पार्न खोज्दाखोज्दै भागबन्डा नमिल्दा बाहिरियो ।

उक्त तीनै घटनाका आरोपीहरुमध्ये हलगडा घटनाका आरोपीद्वय जोकम लिम्बू र मनिष श्रेष्ठलाई पक्रन प्रहरी सफल भयो भने अन्य सबै फरार छन् । यस्तै हलगडाको घटनामा संलग्न इन्स्पेक्टर चिरञ्जीवी दाहाल र एस पी विद्यानन्द माझीहरु निलम्बनमा परेका छन भने राजनीतिकर्मीलगायत नागरिक समाजका अगुवाहरु छानबिनको घेरामा तानिएका छन् ।

केहीसमययता दिनहुँजसो पढिने र सुनिने यस्ता बलात्कार सम्बन्धी समाचार र घटनाले सर्वसाधारणको ध्यानाकर्षण मात्र गराएको छैन् यसले नेपाली समाजलाई अधोगतितिर धकेलिरहेको छ । पहिले पहिले फाट्टफुट्टरुपमा कहिलेकाही“मात्र सुनिने र पढिने यस्ता समाचारहरुको अहिले ओइरो लागेको छ ।

यी र यस्ता समाचारहरु सुनि रहँदा , पढिरहँदा र हेरिरहँदा एकातिर नेपाली समाजबाट नैतिकता हराउँदै गएको देखिन्छ भने अर्कातिर यसले सम्पूर्ण नेपालीलाई लज्जित बनाउँदै लगेको छ । हुन त विगतमा बलात्कार सम्बन्धी घटनाप्रधान समाचारलाई मात्र सञ्चारमाध्यमहरुले प्रकाशन र प्रसारण गरेपनि यतिखेर छापामा यस सम्बन्धी अनुगमन समाचार र फाट्टफुट्टरुपमा लेख रचनाहरुसमेत प्रकाशित हुन थालेका छन् जुन पर्याप्त भने छैन ।

 – सञ्चारमाध्यमहरुले पनि बलात्कार सम्बन्धी घटनाप्रधान समाचारलाई मात्र हैन् यस सम्बन्धी अनुगमन समाचारहरुलाई पनि प्राथमिकता दिन जरुरी छ । जबसम्म पीडकले दण्डसजाय र पीडितले न्याय पाउदैनन तबसम्म सञ्चारमाध्यमहरुले यसबारे अनुगमन समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्न जरुरी छ ।

– बलात्कारजस्तो जघन्य अपराधलाई कानून व्यवसायी र प्रहरी प्रशासन स्वयंले रकमकलमको ठूलो चलखेल गरी सामसुम पार्न खोज्नु भनेको अर्को बलात्कारी जन्माउनु हो किनभने हिजोकादिनमा बलात्कारजस्तो जघन्य अपराधका दोषीहरुलाई दण्डसजाय दिनुको साटो मेलमिलाप गराइ उन्मुक्ति दिने गरेकाले आज बलात्कारीहरुको मनोबल बढ्दै गएको देखिन्छ ।

किनभने अझै पनि अधिकांश सञ्चारमाध्यमहरु विशेष गरी छापामा पुरुष सञ्चारकर्मीलगायत लेखक विद्वानहरुले यस सम्बन्धी प्रक्रिया प्रधान, खोजमूलक, विश्लेषणात्मक र अनुगमन समाचारहरु सम्प्रेषण गर्न सकेको देखिंदैन । त्यस्तै विद्युतीय सञ्चारमाध्यमहरुले पनि बलात्कार सम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गरेर नेपाली समाजमा कसरी र किन बलात्कारजस्तो जघन्य अपराध बढि रहेको छ भनि यसलाई राष्ट्रिय बहसको विषय बनाउन सकेको देखिंदैन ।

पहिले पहिले गाउँघरमा बलात्कारजस्तो जघन्य अपराधका घटनालाई पीडक र प्रहरी प्रशासनको मिलोमतोमा साम्य पार्ने गरेकाले पनि अहिले यस्तै प्रकृतिको घटना शहरबजारमा हुन थालेका छन् । हिजो पीडकलाई दण्डसजाय र पीडितले न्याय नपाउँदाको दुष्परिणाम आज नेपाली समाजले भोग्दैछ ।

यस्तै हिजोका दिनमा एकल व्यक्तिबाट बलात्कृत हुँदै आएका किशोरी र महिलाहरु आज सामूहिक बलात्कारको सिकार हुँदापनि कानून व्यवसायी र प्रहरीप्रशासन मिलोमतोबाट घटना सामसुम पार्न उद्यत देखिनु दुःख लाग्दो कुरा हो ।

यसरी बलात्कारजस्तो जघन्य अपराधलाई कानून व्यवसायी र प्रहरी प्रशासन स्वयंले रकमकलमको ठूलो चलखेल गरी सामसुम पार्न खोज्नु भनेको अर्को बलात्कारी जन्माउनु हो किनभने हिजोकादिनमा बलात्कारजस्तो जघन्य अपराधका दोषीहरुलाई दण्डसजाय दिनुको साटो मेलमिलाप गराइ उन्मुक्ति दिने गरेकाले आज बलात्कारीहरुको मनोबल बढ्दै गएको देखिन्छ ।

यस्तै विगतमा बलात्कारजस्तो जघन्य अपराधका दोषीहरुलाई उन्मुक्ति दिदैं आएका कानून व्यवसायी, प्रहरी प्रशासन र राजनीतिकर्मीका कारण आज नेपाली समाज बलात्कारी जन्माउने उर्बर भूमि बन्दैछ । यस्तै हिजो गाउँघरमा एक्लै बलात्कारजस्तो कुकर्म गर्न हौसिने बलात्कारीहरु आज सामूहिकरुपमा योजना बनाइ शहरकेन्द्रित हुन थालेका छन ।

कतिपय यस्ता बलात्कारका घटनालाई मिलोमतोमा सामसुम पार्नेक्रममा बलात्कारीसँगै बलात्कृतलाई विवाह गरिदिने गरेकोले समाजमा बलात्कारको घटना बढ्दै गएको देखिन्छ । यसरी नागरिक समाजका भद्रभलाद्मीहरुलेसमेत बलात्कारीलाई ‘अघोषित ज्वाँइ बनाइदिने गरेकाले पनि नेपाली समाजमा बलात्कारीहरुको मनोबल बढेको देखिन्छ ।

यस्तै महिला हिंसाभित्र पर्ने जघन्य अपराधमध्ये बलात्कार सम्बन्धी घटनाहरुको प्रकृति हेर्दा विगतमाभन्दा आज बलात्कारीहरुले क्रूरताको पराकाष्ठा नाग्दै आएका छन् । आफूले गरेको कुकर्म ढाकछोप गर्न आरोपीहरु कतिसम्म क्रूर हुँदा रहेछन भन्ने ललितपुरको घटनाले देखाएको छ ।

विडम्बना भन्नु पर्छ नैतिकता र मानव संवेदना हराउँदै गएको नेपाली समाजमा बलात्कारीहरु अरु कोही नभएर घरपरिवारभित्रका सदस्य, छिमेकीलगायत शिक्षकहरु नै हुने गरेकोले पनि बालिका र किशोरीहरुकालागि नेपाली समाज असुरक्षित बन्दै गएको छ । यस्तो विषम परिस्थितिमा बालिका र किशोरीहरु हुर्काउन अभिभावककालागि चुनौती पूर्ण बन्दै गएको छ ।

हुन त नेपाली समाजमा बलात्कारका घटनाहरुको बढोत्तरी हुनुमा कुनै एकपक्ष मात्र दोषी देखिंदैन । अशिक्षा, गरिबी, सामाजिक संरचना, आर्थिक परनिर्भरतालगायत वैदेशिक रोजगारीलगायत आधुनिक सूचना प्रविधिको दुरुपयोग पनि मुख्य कारक देखिन्छ । किनभने गाउँघरमा हिजो अशिक्षा र गरिबीका कारण बलात्कारजस्तो जघन्य अपराधलाई ढाकछोप गर्न मेलमिलापको बाटो रोज्न बाध्य पीडितहरुले सामाजिक संरचनाका कारण बाध्यतावश बलात्कारीसँग बिहे गरेका छन् ।

आज शहरबजारमा आधुनिक सूचना र प्रविधिको दुरुपयोगले पढेलेखेका किशोरी र महिलाहरु बलात्कारीको शिकंजामा पर्दैछन् । यसरी बलात्कार जस्तो जघन्य अपराध गर्नेहरुको पक्षमा कानून व्यवसायी, प्रहरी प्रशासनलगायत राजनीतिकर्मीहरु उभिएपछि दण्डहीनताले प्रश्रय पाउँदै गएको देखिन्छ ।

यस्तै नेपाली समाजमा बालिका, किशोरी र महिलाहरुलाई बलात्कारजस्तो जघन्य अपराधबाट बचाउन सर्वप्रथम नागरिक समाज, प्रहरीप्रशासन र कानून व्यवसायीहरु नै संवेदनशील हुनु जरुरी छ किनभने बलात्कारीलाई कानूनी दायरामा ल्याउन सरोकारवाल पक्ष संवेदनशील नहुँदा हिजो कतिपय बालिकाले ज्यानै गुमाउनु प-यो भने कतिपय बलात्कृत बालिका र किशोरीहरु न्यायको पर्खाइमा बसेका छन । र कोही पुनस्थापना केन्द्र त कोही मनोचिकित्सक कहाँ धाइ रहेका छन् भने बलात्कारीहरुलाई छुटाउन घरपरिवार मात्र हैन् प्रहरीप्रशासन र कानून व्यवसायीहरु लागि परेका छन् ।

त्यस्तै नेपाली समाजको वत्र्तमान सामाजिक संरचना र शिक्षाले पनि बालिका र किशोरीहरुलाई सबलीकरण गर्न सकेको छैन । किनभने शिक्षा चाहे सामुदायिक होस वा निजी, वत्र्तमान शिक्षाले किशोरावस्थाका छात्रछात्राहरुलाई यौनशिक्षा सम्बन्धी यथोचित ज्ञान दिन सकेको छैन । त्यस्तै मनोरञ्जन जगतले पनि बलात्कारजस्तो जघन्य अपराध गर्न बलात्कारीहरुलाई प्रत्यक्ष र परोक्षरुपमा उत्प्रेरित गर्दै आएको देखिन्छ । उदाहरणका लागि गतसाता प्रदर्शित अनमोल केसी र अदिती बुढाथोकी अभिनीत चलचित्र ‘कृ’मा नायिका अदिती बुढाथोकी तीनजनाबाट बलात्कृत हुन्छिन र अन्तिममा बलात्कारीमध्येका एकले उनको हत्या गर्छन् ।

यसरी नेपाली समाजको वत्र्तमान संरचनाले पनि बालिका, किशोरी र महिलालाई ठगेको छ किनभने अझैपनि अधिकांश घरपरिवारमा महिला जाति भनेको पुरुष जातिको सेवा गर्न जन्मेका प्राणी हुन भनेर बालिका र किशोरीहरुलाई हुर्काउने गरिन्छ । बालिका, किशोरी र महिलाहरुको परम्परागत भूमिका र सामाजिक परिवेशले पनि बालिका र किशोरीलाई बालक र किशोरहरु जस्तो हुर्कन दिएको छैन ।

छोरा भनेको बुढेसकालको सहारा भनि विशेष सुविधासहित हुर्काउने र छोरी भनेको अर्काको घर जाने भनि सानैदेखि विभेदित जीवन बिताउन बाध्य बालिका र किशोरीलाई उचित शिक्षा दिन राज्यले विशेष कार्यक्रम तर्जुमा गरी बालिका र किशोरीहरुलाई सबलीकरण गर्न जरुरी छ ।

त्यसो त युनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाले अन्य विकासोन्मुख देशलाई जस्तै नेपाललाई पनि शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता क्षेत्रमा सहयोग गर्दै आएको चारदशक बितिसक्दा पनि नेपाली बालिका र किशोरीलाई सबलीकरण गर्न सकेको छैन ।

युनिसेफमात्र हैन् पछिल्लोसमय कतिपय गैरसरकारी संघसंस्थाहरुले पनि प्रत्यक्ष र परोक्षरुपमा बालिका र किशोरीलाई सबलीकरण गर्न विभिन्न कार्यक्रम गर्दै आएका छन् तर बलात्कारजस्तो जघन्य अपराधबाट जोगाउन त्यस्ता कार्यक्रमहरु खासै सहयोगी देखिएका छैनन किनभने नेपाली समाजमा जबसम्म पुरुष जातिलाई सर्वेसर्वा र महिला जातिलाई सेवक ठानिने प्रवृति रहि रहन्छ तबसम्म बलात्कारजस्ता महिलाहिंसाका घटनाहरु बढी रहन्छन ।

यस्तै सञ्चारमाध्यमहरुले पनि बलात्कार सम्बन्धी घटनाप्रधान समाचारलाई मात्र हैन् यस सम्बन्धी अनुगमन समाचारहरुलाई पनि प्राथमिकता दिन जरुरी छ । जबसम्म पीडकले दण्डसजाय र पीडितले न्याय पाउँदैनन तबसम्म सञ्चारमाध्यमहरुले यसबारे अनुगमन समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्न जरुरी छ । अनिमात्र बलात्कारी जन्माउने नेपाली समाजबाट कानून व्यवसायी, प्रहरीप्रशासन, राजनीतिकर्मीलगायत नागरिक समाजका अगुवाहरु निरुत्साहित हुँदै जान्छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव
छोराहरूबाट बाबुको हत्या, घरभित्रै गाडिदिएका थिए शव

विराटनगर, ८ जेठ । विराटनगर महानगरपालिका १४ का ५५ वर्षीय सत्यनारायण चौहानको हत्या उनकै दुई छोराहरूले गरेको खुलेको छ । बाबु चौहानको जेठा र माइला छोरा मिलेर पाँचदिन अघि हत्या[...]

सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर
सेनाले खरिद गरेकाे स्वास्थ्य सामाग्री बाेकेर चीनबाट काठमाडौं आइपुगे ८ कन्टेनर

काठमाडौं, ८ जेठ । नेपाली सेनाले चीनसँग खरिद गरेको ८ कन्टेनर स्वास्थ्य सामाग्री स्थलमार्गबाट बिहीबार काठमाडौं आइपुगेको छ । ती ट्रकले ८ टन स्वास्थ्य सामाग्री ल्याएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले[...]

लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग
लकडाउनले पिडित मुसहर परिवारलाई घर भत्काएर बिचल्नी पार्नेलाई कार्वाही माग

विराटनगर,८ जेठ । लकडाउनले पिडित बनेका मुसहरहरुलाई घर भत्काएर वडा अध्यक्षले नै बिचल्नी बनाएको भन्दै दलित सस्थाहरुले कार्वाहीको माग गरेका छन । महामारीको समयमा दैनिक ज्याला मजदुरी गर्नबाट बंचित हुँदा[...]