Sorry, your browser does not support JavaScript! पक्राउ परेका कार्यकर्ता छाडिएपछि अबिर जात्रा - Merodesh.news

पक्राउ परेका कार्यकर्ता छाडिएपछि अबिर जात्रा

विराटनगर, ३२ असार।  नगरपालिका कर्मचारी माथि दुव्र्यवार गरेको आरोपमा प्रहरीले पक्राउ परेका कार्यकर्ता धरौटीमा छाडिएपछि नेपाली काँग्रेसले रंगेलीमा अबिर जात्रा गरेको छ ।

२१ असार दिउँसो कार्यालय समयमा मादक पर्दाथ सेवन गरेर रंगेली नगरपालिकामा कर्मचारीलाई दुव्र्यवार गरेको आरोपमा पक्राउ परेका तरुण दल मोरंगका उपाध्यक्ष भरत मण्डललाई प्रशासनले ५ हजार धरौटीमा छाडेपछि काँग्रेसले रंगेलीमा आइतबार अपरान्ह्र अबिर जात्रा गरेको हो ।

आइतबार छाडिएका मण्डललाई जीपमा राखेर नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले संघर्षको जित भएको भन्दै नारावाजी सहित अबिर जात्रा गर्दै रंगेली बजार परिक्रमा गराएका थिए ।

नेपाली काँग्रेस रंगेलीका सभापति जगनाथ मण्डलका छोरा समेत रहेका भरतले रंगेली नपाका लेखापाल कृपाराज जोशीलाई दिउँसो मादक पर्दाथ सेवन गरेर दुव्र्यवार गरेपछि इलाका प्रहरी रंगेलीले पक्राउ गरेर सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको थियो । जिल्ला प्रशासन मोरंगले भरतलाई पहिले ६ र पछि ७ दिन म्याद थप गरेर थुनामा राखेको थियो । आइतबार उनि जिल्ला प्रशासन कार्यालय मोरंगको आदेशबाट ५ हजार धरौटीमा छाडिएका थिए ।

समान्य विषयमा आपना सक्रृय कार्यकर्तालाई पक्राउ गरेर झुठा मुद्दा लगाएको भन्दै नेपाली काँग्रेस रंगेली नगर समिति सहित बिभिन्न भातृ संगठनहरुले चरणबद्ध आन्दोेलन थालेका थिए । भरतलाई छुटाउनकैलागि शनिवार तरुण दल, महिला संघ र नेबिसंघ मोरंगले विराटनगरमा मसाल जुलुस पनि प्रर्दशन गरेको थियो ।

पक्राउ गरिएका कार्यकर्तालाई नछाडेमा आम हडतालमा उत्रने चेतावनी काँग्रेसले दिएको थियो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]