Sorry, your browser does not support JavaScript! राजवंशी समाजको अध्यक्षमा भीमराज - Merodesh.news

राजवंशी समाजको अध्यक्षमा भीमराज

विराटनगर, ३१ असार।  राजवंशी समाज विकास समितिको अध्यक्षमा भीमराज राजवंशी निर्वाचित भएका छन् । पाचौं केन्द्रिय महाधिवेशनबाट भरत र राजकुमार राजवंशीलाई पराजित गर्दै भीमरँज राजवंशी निर्वाचित भएका हुन् ।

अध्यक्षमा भीमराज ५३ मत लिएर निर्वाचित हुदा उनका निकटतम प्रतिद्धन्द्वी राजकुमार राजवंशीले ४ मत र भरत राजवंशीले २ मत ल्याएका थिए ।

समितिको महासचिवमा सुबन्त राजवंशी निर्वाचित भएका थिए भने सचिवमा चन्द्रप्रसाद राजवंशी, इर्जा राजवंशी, सुकमती राजवंशी, रणकुमार राजवंशी निर्वाचित भएका छन् ।

समितिको चार उपाध्यक्ष सहित ७ जना कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका थिए । समितिको उपाध्यक्षमा उपासी, इश्वरलाल, मोहन र हेमनसरी राजवंशी चयन भएका हुन् । कोषध्यक्षमा पनि तारा राजवंशी निर्विरोध भएका थिए ।

त्यस्तै सदस्यहरुमा महेश्वरप्रसाद, आसिन, कमलप्रसाद,नारायणसिंह, सत्यनारायण, खुल्लु र सम्पतलाल राजवंशी निर्विरोध निर्वाचित भएको राजवंशी समाज विकास समितिका पूर्व सल्लाहकार बिजयकुमार राजवंशीले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा
थारूको पहिचानसँग जोडिएको ‘ढकिया’ लोप हुने अवस्थामा

दीपक बोहरा लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ । नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए[...]

नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच
नयाँ पुस्ताले ग्रहण नगरेपछि लोप भयो ‘विदापत’ नाच

विराटनगर। मोरङको सिसबनी जहादाका रामेश्वर मण्डल, पञ्चलाल मण्डल, हरिमण्डल, केशव मण्डलेको उमेर ५५ देखी ६० बर्षको छ । बैसछँदा गाउँघर मात्र हैन परदेशमा समेत उनीहरु ‘विदापत’ नाच देखाउन पुग्थे ।[...]

हतियार बनाउने दुइजना प्रहरीको फन्दामा
हतियार बनाउने दुइजना प्रहरीको फन्दामा

घोराही। जिल्ला प्रहरी कार्यालय दाङले घरेलु तौरतरिकाबाट हतियार बनाउने उद्योग चलाउँदै आएका दुई जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–७ भौवानाका ५९ वर्षीय जीतबहादुर बुढा र रुद्रमणि घर्तीलाई पक्राउ गरिएको[...]