विराटनगर, ३१ असार। विराटनगरका सडकमा साप्ताहिकरुपमा लाग्दै आएको हाटबजारलाई व्यवस्थित गर्ने कार्य सुरु भएको छ । महानगरपालिकाको वडा नम्बर ४ स्थीत कञ्चनबारी चोकबाट बजार व्यावस्थापनको काम सुरु भएको हो ।
महानगरपालिकाले सडकमा लाग्दै आएको बजारलाई साउन १ गतेबाट हटाउदैछ । सडकमा लाग्ने हाटलाई छेउका खाली जग्गामा व्यावस्थापनको काम सुरु भएको हो । कञ्चनबारी पश्चिम नोबेल हस्पिटल जाने सडकमा शुक्रवार हाट लाग्दै आएको थियो ।
हाटलाई व्यवस्थित गर्न सडक छेउमा रहेको खाली जग्गालाई मिलाउने काम आइतवारदेखि शुरु गरिएको हो । व्यवस्थित वजारका लागि सडको छेउमा रहेको झण्डै १ विगाहा जमिनलाई ३ लेनमा विभाजन गर्ने र प्रत्येक व्यपारिलाई २ मिटरको जग्गाको दरले चिन्ह लाएर प्रदान गर्ने वार्ड नं ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिए ।
सडकमा हुने अवरोध हटाउन विराटनगर महानगरका मेयर भीम पराजुलीले महानगरका १९ वटै वडाका वडाध्यक्षहरुलाई उपयुक्त स्थानमा हटिया व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।