Sorry, your browser does not support JavaScript! तीस हजार घुस लिने नासु अख्तीयारको फन्दामा - Merodesh.news

तीस हजार घुस लिने नासु अख्तीयारको फन्दामा

विराटनगर, ३१ असार।  भूमिसुधार कार्यालय मोरङका नायब सुब्बा दामोदर खतिवडा घुस रकमसहित आफ्नै कार्यालयबाट पक्राउ परेका छन ।

तीस हजार घुस

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई ३० हजार घुस रकमसहित विराटनगरस्थित कार्यालय परिसबाट पक्राउ गरेको हो । अख्तियारको टोलीले उनलाई आज दिउँसो पक्राउ गरेको भूमिसुधार कार्यालयका निमित्त प्रमुख गोपाल दाहालले पुष्टी गरे ।

सेवाग्राहीले रकम दिएर गए लगत्तै पुगेको अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको दाहालले जानकारी दिए । अख्तियारका कर्मचारीले नियन्त्रणमा लिएसँगै खतिवडालाई थप अनुसन्धानका लागि इटहरी लगेको दाहालले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका इन्सपेक्टर राजन कार्कीको नेतृत्वमा पुगेको टोलीले खतिवडालाई आज दिउसो ११.३० बजे कार्यालयबाट पक्राउ गरेको हो ।

तीस हजार घुस

उनलाई हाल इटहरीमा राखिएको र भोली काठमाण्डौ बिशेष अदालतमा उपस्थित गराईने जनाइएको छ । खतिवडाले मोहियानी हक मिलाईदिने भन्दै सेवाग्राहीसंग घुस रकम लिएको खुलेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]