Sorry, your browser does not support JavaScript! पत्रकार भण्डारी र खड्का पुरस्कृत - Merodesh.news

पत्रकार भण्डारी र खड्का पुरस्कृत

उर्लाबारी, ३१ असार।  लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार घनश्याम भण्डारी र तेजन खड्का पुरस्कृत भएका छन् ।

उर्लाबारी नगरपालिकाको दोस्रो नगरसभाको अवसरमा भण्डारी र खड्का पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले सम्मान पत्रसहित दोसल्ला ओढाएर पुरस्कृत उनीहरुलाई पुरस्कृत गरेका छन् । दुई दशकदेखि पत्रकारिता क्षेत्रका क्रियाशिल भण्डारीलाई विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

भण्डारीलाई सम्मान पत्र, दोसल्ला र नगद १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरियो । २०५४ सालमा तेस्रो विश्व साप्ताहिकबाट पत्रकारिता सुरुवात गरेका भण्डारी पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपालको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् । क्लबको हाल सल्लाहकारसमेत भण्डारी उर्लाबारी पेजका सम्पादक र पूर्वज्योति साप्ताहिकका सह–सम्पादक हुन् ।

त्यस्तै, विवेचना दैनिकका समाचारदाता खड्कालाई क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । खड्कालाई सम्मान पत्र, दोसल्ला र नगद ११ हजार १ सय ५१ रुपैयाँ प्रदान गरियो । पुरस्कार वितरण कार्यक्रममा विविध कारणले पत्रकार खड्का उपस्थित हुन नसकेपछि सो पुरस्कार सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतमार्फत हस्तान्तरण गरियो ।

२०६५ सालदेखि पत्रकारितामा सक्रिय खड्का परोपकारी पत्रकारितामा पनि सक्रिय छन् । खड्का सञ्चार क्लब नेपालका पूर्व सचिब हुन् । उक्त कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सत्यतथ्य समाचार प्रकाशन गर्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे । पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनु पर्नेमा जोड दिँदै प्रमुख फागोले नगरपालिकाले गरेका सकारात्मक र नकारात्मक गतिबिधिहरुलाई प्राथमिकता साथ जनतामाझ पुर्याउन आग्रह समेत गरे ।

त्यस्तै, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतले नगरपालिकासँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जाहेर गरे । त्यस्तै, पुरस्कृत पत्रकार घनश्याम भण्डारीले खुशी प्रकट गर्दै जिम्मेवारी बढेको महशुस भएको बताए । पत्रकारिता क्षेत्रमा थप क्रियाशिल भएर लागि पर्ने उनको भनाई छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]