Sorry, your browser does not support JavaScript! पाकिस्तानमा चुनावी हिंसा रोकिएन - Merodesh.news

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

इस्लामावाद, ३१ असार।  पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ । इस्लामावादबाट प्राप्त समाचारअनुसार यस्तो हिंसाको क्रम आइतबार पनि जारी रहेको छ । आइतबार पनि राजधानी इस्लामावादकै एक सभामा बम आक्रमण भएको छ ।

हिंसा

यस आक्रमणमा भएको हताहतको भने समाचार आएको छैन । शनिबारमात्र पनि यस्तै हिंसाका घटनामा परी कम्तीमा १०५ जनाको मृत्यु भएको थियो । आइतबार बिहान इस्लामावादमा निर्वाचन प्रचारको लागि आयोजना गरिएको निर्वाचन सभामा बम हमला भएको समाचार प्राप्त भएको छ ।

उक्त आक्रमणमा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् । तर त्यहाँ के कति जनाको मृत्यु भएको छ भन्ने बारेको पूर्ण विवरण भने आइसकेको छैन । शनिबारमात्र पनि बलुचिस्तान प्रान्तको मास्तुङ जिल्लामा भएको घटनामा परी १०५ जनाको ज्यान गएको समाचारमा जनाइएको थियो ।

त्यस्तै सो आक्रमणमा अरु १५० जना घाइते भएका अधिकारीले शनिबार जानकारी दिएका थिए । यसमा परी मृत्यु हुनेमा एकजना स्थानीय नेतासमेत रहेका बताइएको छ । लडाकूको समूह इस्लामिक स्टेट (आइएस)ले आफ्नो वेभसाइटमार्फत् घटना आफूले गराएको जिम्मेवारी लिएको छ ।

पाकिस्तानमा जारी यो पछिल्लो हिंसाका लागि यहाँका आइएस अतिवादी जिम्मेवार रहेका छन् । पाकिस्तानमा पछिल्लो तीन दिनमा भएका विभिन्न घटनामा परी १३० भन्दा बढीको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

यही जुलाइको अन्तिम साताका लागि आह्वान गरिएको संसदकोे निर्वाचनको मिति नजिकिँदै गर्दा हिंसाका घटनामा पनि वृद्धि भइरहेको बताइएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

अफ्रिकी महाद्वीपमा भूकम्प
अफ्रिकी महाद्वीपमा भूकम्प

जोहानेसबर्ग, २४ मङ्सिर । दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा ५.९ म्याग्नीच्युडको भुकम्प गएको छ । स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ ।[...]

न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता
न्युजील्याण्डको टापुमा ज्वालामुखी विस्फोट : ५ जनाको मृत्यु, ८ जना बेपत्ता

वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ । सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको[...]

बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना
बालिका जन्मँदै ‘गर्भवति’, जन्मेको भोलिपल्टै गरियो सी–सेक्सनमा भर्ना

एजेन्सी २४ मंसिर । एक नवजात शिशु जन्मनेबित्तिकै गर्भवती भएको कारणले शिशु जन्मेको भोलिपल्टै पेटबाट भ्रुण निकाल्नका लागि ‘इमर्जेन्सी सी–सेक्सन’ गरिएको छ । भ्रुणभित्र भ्रुण हुने घटना धेरै नै कमै[...]