Sorry, your browser does not support JavaScript! संविधान पूनर्लेखन गर्नुपर्छ : संयोजक महतो - Merodesh.news

संविधान पूनर्लेखन गर्नुपर्छ : संयोजक महतो

काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका संयोजक किशोरी महतोले संविधान पुर्नलेखन सभाको माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै संयोजक महतोले यस्तो माग गरेका गरेका हुन ।

उनले भने,‘स्वर्गीय गिरिजाप्रसाद कोईरालाले विपीको विचारलाई त्यागेर गणतन्त्र ल्याउनुभयो, उहाँ बितेपछि गणतन्त्र गन्धमा परिणत भयो, कांग्रेस पार्टीको यो हाल भयो, धर्म मास्नेहरुको भलाई हुँदैन, राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर पुरानै छ, यो झण्डा उचालेर हामीले देशमा राजतन्त्रको पुनस्र्थापना गर्नेछौं, सबैलाई हाम्रो अभियानमा लागेर साथ दिनको लागि हार्दिक आग्रह गर्दछु ।’

त्यस्तै कार्यक्रममा शिव सेना पार्टीका अध्यक्ष एवम् आन्दोलन परिचालन समितिका संयोजक विक्रम बमले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’को सरकार आगामी माघसम्ममात्रै टिक्ने दाबी गरेका छन् ।

उनले भने,‘अधिनायकवादीहरुले जनतामाथि कुठाराघात गर्दैछन्, ०४६ सालपछि गुम्दै गएको राष्ट्रियता पहिचान जोगाउनु आजको आवश्यकता हो, ओलीको अधिनायवादी चरित्रको सरकारको आयु धेरै टिक्ने मैले देखेको छैन्, संविधान त पूर्ण रुपमा केही नेता र राजनीतिक दलहरुको भलाईको निम्ति ल्याईएको छ, यो संविधान पुनःलेखन सभाको माग गर्दै हामी सडकमा आएका छौं, देशमा भ्रष्टाचार, अत्याचारले जरा गाडेको स्थिति छ ।’

कार्यक्रममा विश्व हिन्दु परिषद अन्तर्राष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले वर्तमान संविधानले जनता र देशको भलाई गर्न नसक्ने स्पष्ट पारेकी छिन् । संघीयताको अर्थ फुट्नु नभएर जुट्नु हो भन्दै महासचिव भण्डारीले अतिवादी सोचका आधारमा आएको संविधान खारेजीसँगै पुनः लेखन सभाको माग समेत गरेकी छिन् ।

उनले भनिन्,‘संघीयता विकासको आधार होईन हाम्रोजस्तो देशमा विकासको बाधक पनि हो, संघीयता नभएका विश्वका धेरै देशहरु विकसित छन, यूरोपियन देशहरुमा बेलायतकी महारानीलाई मानार्थ महारानीको रुपमा स्वीकार गरेका छन्, हाम्रो देशले आफ्नो देशको राजालाई समेत स्वीकार गर्न सकेन ।’

बिदेशीको इशारामा संघीयता लादेको भन्दै भण्डारीले थपिन्,‘स्वीट्जरल्याण्डमा सबैभन्दा पहिले तीनवटा जर्मन भाषी देशहरु मिलेर संघीयता सूरु गरेका थिए, त्यसपछि अमेरिकामा १८७९ मा १३ देशहरु मिलेर संघीयताको कार्यन्वयन गरेका छन्, हाम्रो देशमा पाँचवटा विकास क्षेत्र थिए, त्यसलाई टुक्राएर ७ वटा बनाईएको छ, यो बेल्कुल ठिक छैन ।’

कार्यक्रममा सुष्मा बराल, घनेन्द्र बस्नेत, भुवनेश्वर थापा लगायतले आफ्ना कुराहरु राखेका थिए भने गठबन्धनका महासचिव चक्रदेव जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम
निरन्तर ओरालो लाग्दै सुनको मूल्य, आज पनि घट्यो दाम

विराटनगर, २४ मंसिर । पछिल्लो एक सातादेखि स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट भइरहेको छ । गत बुधबारदेखि सुनचाँदीको मूल्य ओरालो लागिरहेको हो । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा[...]

लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध
लियो ३२५ ए १ को अध्यक्षमा रंजीत भगत निर्बिरोध

काठमाडौँ।  चैत्र २३ गते शनिबारका दिन काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानमा लायन्स तथा लियो जिल्ला परिषद्को अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। लियो जिल्ला परिषद् ३२५ ए १ को अध्यक्षमा रंजीत भगतले[...]

एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस
एभरेष्टको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस

विराटनगर, १० माघ । विराटनगर ५ स्थित एभरेष्ट बोर्डिङ स्कुलको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु भएको छ । कार्यक्रममा प्रस्तुती दिँदै स-साना नानीहरु  दुईदिनसम्म चल्ने[...]