Sorry, your browser does not support JavaScript! पहाडी जिल्लामा बाढीको खतरा : सतर्कता अपनाउन आग्रह - Merodesh.news

पहाडी जिल्लामा बाढीको खतरा : सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ३१ असार।   निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट बग्ने नदीहरुमा आकस्मिक बाढीको सम्भावना रहेकाले नदी किनार र आसपासका बस्तीमा सजक रहन आग्रह गरेको हो ।

आज विशेष गरी दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी जिल्लाका स–साना नदीमा बाढीको सम्भावना रहेको छ । कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै मुख्य नदीमा बहावले सतर्कता पार गर्ने सम्भावना न्यून रहेको पनि बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

भोलि (सोमबार) कन्काई, कोशी, कमला बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली सबै नदी जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

मंगरबार र बुधबार पनि कोशी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई लगायतमा बहाव सामान्य बढ्ने र कर्णाली तथा महाकाली जलाधारमा बहावले सतर्कता तह पार गर्ने सम्भावना न्यून रहेको छ ।

आगामी तीन दिन देशैभर ठूलो बाढीको सम्भावना नदेखिए पनि आइतबार ९आज०, सोमबार र मंगलबार पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना भएकाले नदीमा बहाव उच्च नै हुने हुँदा नदी तटिय क्षेत्रमा सतर्कता अपनाइराख्न शाखाले आग्रह गरेको छ ।

पश्चिममा भारी वर्षाको सम्भावना 

देशका विभिन्न भेगमा अझै तीन दिनसम्म हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आगामी तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै पश्चिमी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको हो । आज दिउँसो देशभर बदली रही हल्कादेखि मध्यम खालको वर्षा र रातिको समयमा पनि बदली र वर्षाहुनेछ ।

पूर्वका पहाडी भेगका धेरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ, भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी लुम्लेमा २३१ र जिरीमा ८५ मिलिमिटर वर्षा भएको छ । ओखलढुंगामा ४०, ताप्लेजुङमा २६, डडेल्धुरामा २५ र काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३१ र न्यूनतम तापक्रम २०.८ डिग्री सेल्सियस रहेको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]