Sorry, your browser does not support JavaScript! कलाकार पिटर खवासले नाम कमाए तर पैसा गुमाए       - Merodesh.news

कलाकार पिटर खवासले नाम कमाए तर पैसा गुमाए      

माली (कालिम्पोङ),  ३१ असार । अन्याय, कुसुमे रुमाल, लाहुरे लगायत धेरे चर्चित नेपाली चलचित्रमा अभियन गरेर आफु पनि चर्चित हुन सफल कलाकार हुन पिटर खवास ।

भारतको पश्चिम बंगाल स्थित कालेम्पोंङग जिल्लाको टिष्टा नदी किनारमा पर्ने सिक्किम गेट भनिने माली बजारमा बस्दै पिटरलाई नेपाली सिनेमामा खेलेर नाम कमाउन सफल भएकोमा जति गर्व छ उति नै ठगहरुको चंगुलमा परेर आफुले जीवनभरि कमाएको लाखौ रुपैया गुमाएकोमा उतै नै चिन्ता पनि ।

लाहुरे

अहो ! तँपाइहरु पनि नेपाली भान्सा  घर सोध्दै खोज्दै आउनु भएछ खुशी लाग्यो ।   मलाई यसरी नेपालबाट आउनु भएका ईष्टमित्रहरुले मेरो होटलमा सोधखोज गरेर भएपनि खाना खान आउँदा । सायद मैले सिनेमा खेलेर कमाएको पनि यही नै होला ।’

सिक्किम र कालिपोंङगको सिमानामा पर्ने माली बजारमा टिष्टा नदी किनारमा ‘नेपाली भान्सार घर’ मा खाना खान पुग्ने नेपालीहरुलाई देखेपछि हौसिन्छन पिटर ।

माली बाजरमा खोलिएको  सानो तर सफा खाना पाउने  ‘नेपाली भान्सार घर’ नामको  होटल खोलेर जीबिका चलाउदैछन पिटर आजकल  । पाहुनाहरु उनको होटल खोज्दै पुग्ने भएकोले उनको होटल राम्रो चल्ने गरेको छ  । यसैले यही होटलबाट परिवारको भरणपोषण चलाएका छन उनले ।

जति बेला उनि कलकलाउँदा जवान थिए त्यो बेला नेपाली फिल्मको क्रेज पनि धेरै थियो  दाजिंलिंङग, कालिम्पोङगतिर । यसैले उनलाई पनि एक पल्ट फिल्मको कलाकार हुन पाए त भन्ने लाग्यो । यत्तिकैमा उनको भेट कलाकार निर्देशक तुलसी घिमिरेसँग भयो । उनले चर्चित ‘लाहुरे’ फिल्ममा सानो रोल पाए ।

त्यो रोल पाएपछि गाउँभरि उनको चर्चा चुलियो   । पिटर झन हौसिए । र त्यसपछि उनले बिश्ब बस्नेतको अन्याय भन्ने फिल्ममा खलासीको रोल पाए । हास्य कलाकारको त्यो रोललाई पिटरले गज्वले न्याय गरे । त्यो रोलले उनलाई धेरै चर्चित मात्र बनाएन उनले  धमाधम फिल्म पनि पाउन थाले । उनले लगालग , फिल्महरु गरे ।

तर समय सधै एउटै रहेन । उनलाई फिल्मको कलाकार भैरहने भन्दा पनि आफै  फिल्म बनाउने चासो बढन थाल्यो । र उनले त्यसकालागि सम्पर्क बढाए ।

यत्तिकैमा फिल्म बनाउन सहयोग गर्छो भन्ने साझेदारहरुले उनको ९ लाख रुपैया खाइदिए । अहिले पनि उनि आफनो डुबेको पैसा उठाउन काठमाण्डौ र मोरंगको पथरी धाइरहन्छन । पिटरले दिक्क मान्दै भने,  – “दलालहरुले दिन्न पनि भन्दैनन र दिँदा पनि दिँदैनन पैसा लिन गयो उल्टै पैसा खाइदिन्छन ।”

साझेदारहरुलाई पैसा दिएको कुनै प्रमाणपनि नभएकोले उनि कतै उजुरबाजुर पनि गर्न सक्दैननन । चलचित्र संघहरुमा उनले पैसा उठाइदिन हारगुहार पनि गरेका होइनन । तर केही लागे ।

जीवनभर कमाएको पैसा डुवाएपछि उनको घरपरिपारसँग सम्बन्ध बिग्रयो निक्कै समय । उनी बैरागिए पनि । तर अहिले होटल गर्न थालेपछि उनि सम्हालिएका छन । उनलाई अव सिनेमा खेल्ने र बनाउने शौख पनि छैन । तर ठगहरुले ठगेको ९ लाख भारु उठाउन पाए व्यपारमा थप लगानी गर्ने उन्को ईच्छा छ ।

कलकल बगीरहेको नीलो पानी भएको गहिरो टिष्टा नदी किनारमा रहेको आफनो  भान्छा घरमा पाहुनालाई खाना थप्दै पिटर आफनो यही अनुभुति सुनाउँछन  – ‘ फिल्म खेल्नकालागि अब धेरै बेगारी बन्न चाहन्न परिवारले दुख पाए फिल्म खेलेर नाम त कमाएँ तर पैसा चाँही गुमाएँ  ।’

 

Advertise Expired !

सम्बन्धित समाचारहरु

यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)
यस्तो बन्यो विपिनको ‘सेल्फी किङ’को ट्रेलर (भिडियोसहित)

विराटनगर, २३ पुस । भर्सटाइल अभिनेता विपिन कार्कीको मुख्य भूमिकामा रहेको फिल्म ‘सेल्फी किङ’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार ओएसआरको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा दुनियाँलाई हसाउँने एक[...]

एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
एसिड आक्रमणको कथामा ‘छपाक’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको[...]

कपिल शर्मा बने छोरीका बुबा
कपिल शर्मा बने छोरीका बुबा

विराटनगर, २४ मंसिर । ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ लोकप्रिय तथा भारतका चर्चित कमेडियन कपिल शर्मा बुबा बनेका छन् । उनकी पत्नी गिन्नी चरतथले छोरीलाई जन्म दिएकी हुन् ।[...]