Sorry, your browser does not support JavaScript! विराटनगर महानगरपालिकाबाट एक बर्षमा २२ कानुन निर्माण - Merodesh.news

विराटनगर महानगरपालिकाबाट एक बर्षमा २२ कानुन निर्माण

विराटनगर, ३१ असार । विराटनगर महानगरपालिकाले एक बर्षमा २२ कानुन निर्माण गरेको छ । विराटनगर महानगरपालिकाले चालु आर्थिक बर्ष २०७४।०७५ मा बिभिन्न २२ वटा कानुनहरु निर्माण गरेको हो ।

महानगरपालिका प्रमुख भिम पराजुलीका अनुसार बिद्यायन समितिले बोर्ड बैडकमा पेश गरि कार्यापालिकाले स्विकृती गरेर ऐन, कानुन, नियमावली, कार्याबिधि र निर्देशिकाहरु निर्माण गर्ने गर्दछ ।निर्माण भएका ऐनहरुमा आर्थिक, बिनियोजन, प्रसाकिय कार्यबिधि, न्यायिक समिति ,कर्मचारी व्यवस्थापन, कृषी व्यवसाय प्रर्वद्धन, रेडियो संचालन, सहकारी, लगायत छन ।

यसैगर आदेश अधिकार पत्रको प्रमाणिकरण कार्यविधि नियमावली, कार्यपालिका कार्य बिभाजन नियमावली, करारमा प्राविधिक कर्मचारी नियमावली, बैठक सञ्चालन कार्यबिधि, कार्यसम्पादन नियमावली, विद्यालय शिक्षा, संचालन व्यवस्थापन तथा नियमन कार्यविधि , गैरसरकारी सँसथा निर्देशिका, बिपद जोमिख न्युनिकरण तथा व्यवस्थापन ऐन, उपभोक्ता अधिकार र अनुगमन, निर्माण व्यवसायी इजाजत कार्यविधि र रेडियो संचालन तथा राजपत्र प्रकाशन कार्यविधि लगायत छन ।

तीन वटा अस्पताल संचालन गर्दै विराटनगर महानगरपालिका

यसैगरि विराटनगर महानगरपालिकाले चालु बर्षमा तीन वटा अस्पताल संचालनमा ल्याउने तैयारी थालेको छ । महानगरपालिकाको वडा नम्बर १५, १९ र ५ नम्बरमा अलग अलग अस्पताल संचालनमा ल्याउने तैयारी थालेको हो ।
विराटनगर महानगरपलिका प्रमुख भिम पराजुलीका अनुसार १५ र ९ नम्बरमा १५ पन्ध्र शैयाको अस्पताल संचालन हुनेछ ।

५ नम्बर वार्डमा चाँही महानगरपालिका भरिकालागि स्वास्थ्यकेन्द्र निर्माण हुनेछ ।  महानगरबासीको स्वास्थ्य उपचारको दायित्व पुरा गर्नकालागि चालु बर्षमा तीन वडामा अस्पताल सचालन गर्न लागेको बाँकी सबै वडामा क्रमश स्थापना गर्दै जाने तैयारी महानगरको रहेको छ । प्रमुख पराजुलीले अस्पताल संचालन गर्नकालागि आवश्यक भौतिक पुर्वाधारको स्तरोन्नती गर्ने र मेडिकल अफिसर, स्टाफ नर्स र प्रशासनिक कर्मचारीहरु भर्ना गर्ने काम धमाधम भैरहेको जानकारी गराए ।

महानगरपालिकाले हाल ५ नम्बरमा शहरी स्वास्थ्य केन्द्र र १९ मा १५ शैयाको मातृशिशु कल्याण केन्द्र सचालन गरिरहेको छ । विराटनगर महानगरपालिकामा उपमहानगरपालिका हँुदादखी शहरी स्वास्थ्य कार्यक्रम अन्र्तगत वडा स्वास्थ्य केन्द्रहरु पनि संचालन हुदै आएका छन ।

विराटनगरमा एक नम्बर प्रदेश स्तरिय कोशी अंचल अस्पताल मात्र सरकारी अस्पतालका रुपमा संचालनमा छ । कोशी अस्पताललाई चाँही प्रादेशिक शिक्षण अस्पतालका रुपमा स्तरोन्नती गराउन सहयोग गर्ने महानगरको योजना छ ।

१९ वटै वडाबाट कर संकलन सुरु

विराटनगर महानगरालिकाले आफु मातहतका १९ वटै वडा कार्यालयहरुबाट कर संकलन गर्न थालेको छ । महानगरपालिकालागि आर्थिक बर्ष २०७५।०७६ लागू भएको महिना १ साउनबाटै सबै वडाहरुबाट कर संकलन गर्न सुरु गरेको हो ।

महानगरबासीहरुलाई सास्ती नहोस र सकेसम्म सबै सुबिधाहरु वडाबाटै प्रदान होस भन्नकालागि वडाबाटै कर संकलन गर्ने व्यवस्था सुरु गरेको प्रमुख भिम पराजुलीले बताए । उनका अनुसार त्यसकालागि वडा कार्यलयहरुलाई प्रबिधि मैत्री बनाउने र कर्मचारीहरुलाई आवश्यक तालिम दिएर खटाइसकिएको छ । प्रमुख पराजुलीले भने – “महानगरपालिकाको मुख्य कार्यलयबाट मात्र संकलन हुदै आएको बिभिन्न कर, शुल्क र सेवा शुल्क वडा कार्यालयहरुबाटै संकलन हुनेछ ।”

प्रादेशिक बस पार्क निर्माण गरिदै, रिंङ रोड पनि संचालनमा ल्याउदै

विराटनगर महानगरालिकाले एक नम्बर प्रदेश स्तरिय बसपार्क निर्माण सुरु गर्ने भएको छ । यसकालागि महानगरसँग जोडिएको बुढीगंगा गाउँपालिकामा साढे १४ बिगाहा जग्गा फेला परिसकेको र थप आठ बिगाहा जग्गा अधिग्रहण गरेर प्रदेशिक स्तरको बसपार्क निर्माण गर्न लागेको हो ।

प्रमुख पराजुलीले प्रादेशिक बसपार्ककालागि २२ बिगाहा जग्गा आवश्यक पर्ने भएकोले थप जग्गाको खोजी कार्य अन्तिम चरणमा पुगिसकेको र चाँडै निर्माणको काम सुरु हुने बताए । उनका अनुसार उक्त्त बसपार्क बिश्वबैकको मेगासिटी परियोजना अन्र्तगत निर्माण हुन लागेको हो । एक नम्बर प्रदेशको अस्थायी राजधानी कायम भैसकेको र स्थायी राजधानी हुने पनि लगभग पक्का भैसकेकोले प्रादेशिक राजधानी अति आवश्यक भएको प्रमुख पराजुलीले बताए ।

उनका अनुसार हाल विराटनगरमा नगरबिकास कोषको सहयोगमा नगर भित्र एक मात्र बस टर्मिनल निर्माण भैरहेको छ । पहिलेको हिलाम्मे र धुलाम्मे हुने विराटनगर १२ स्थित बस पार्कमा बनेको उक्त्त बस टर्मिनलको ९५ प्रतिशत निर्माण कार्य सकिसकिएको र बर्षात सकिनासाथ प्रांगण पिच गरेर संचालनमा ल्याइने छ ।

यसैगरि महानगर प्रमुख पराजुलीले चालु बर्ष भित्रै बषौदेखी अधुरो रहेको विराटनगर चक्रपथ (रिङ रोड) पनि संचालनमा ल्याउने दाबी गरेका छन । उनका अनुसार रिङरोडको स्तरोन्नतीकालागि अदालतको मुद्दा बाधक बनिरहेकोले घर र जग्गा धनीहरुलाई मनाएर आवश्यक क्षतिुर्ति दिई मुद्दा फिर्ता गराउने तैयारी भइरहेको छ ।

चालु बर्षको काम र सेवा सफल भएको महानगरको दाबी

विराटनगर महानगरपालिकाले चालु बर्षमा आफनो कामको प्रगति सन्तोष जनक रहेको दाबी गरेको छ । शनिवार महानगरमा एक बर्षपछि पत्रकार सम्मेनल गर्दै प्रमुख भिम पराजुलीले चालु बर्षमा भएको काम सन्तोष जनक भएको दाबी गरे ।

उनका अनुसार विराटनगरमा भैरहेका सबै परियोजनाहरु दु्रत गतिमा अगाडी बढेको , धेरे अधुरा निर्माण कार्यहरु अगाडी बढेको र नयाँ सुरु भएको, महानगरमा बिशेष शान्ति सुरक्षा कार्यक्रम संचालन भएको, फोहोरमैला नियन्त्रण र जनस्वास्थ्यका कामहरुमा प्रगति भएको , बैज्ञानिक करप्रणाली लागू गर्न सफल भएको अनि लक्षित बर्ग समुदायको समग्र बिकासकालागि ५ बर्षे गुरु योजना तैयार भैसकेको छ ।

यसैगरि वडा कार्यालयहरुलाई व्यवस्थित गराएर अधिकार प्रदान गर्ने, बालमैत्री सूचना केन्द्र निर्माण गर्ने, जीर्ण बिरेन्द्र सभागृह निर्माण गर्ने काम पनि भैसकेका छन । सँगै महानगरलाई डुवान मुक्त्त बनाउन नाला, पैनीको निर्माण र सरसफाई भएको छ ।

यसैगरि महानगरमा छोरी बचाउन कार्यक्रम संचालन भएको , ९० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई बिशेष भत्ता दिन सफल भएको अनि सामुदायिक र सँस्थागत बिद्यालयहरुलाई नमुना बनाउनकालागि स्तरोन्नती कार्य सुरु भएको छ । यसबाहेक नगरको काम कार्बाहीमा शुसासन कायम हुन थालेको छ भने थप परियोजनाहरु पनि प्राप्त हुन थालेका छन ।

“पहिलो फेजमा नयाँ अनुभवका बावजुद महानगरको नीत कार्यक्रम बनाउँदै बिभिन्न कानुनहरु निर्माण गर्न सफल भएको र निर्माण र सेवा प्रदान कार्यमा पनि सुधार सकेकोले चालु बर्षमा आफुहरु सफल भएको दाबी गर्दछौ” – प्रमुख पराजुलीले भने ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]