Sorry, your browser does not support JavaScript! कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु - Merodesh.news

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

 मोरङ, ३१ असार।  मोरङको उर्लाबारी–८ स्थित उर्लाबारी–बरडंगा सडकखण्डमा गए राति कारको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा८च ३०९७ नंको कारले विपरीत दिशाबाट आउँदै गरेको ज९प ७८१८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका सोही ठाउँका २५ वर्षीय रवि रायलाई उपचारका लागि झापास्थित बी एण्ड सी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँका २४ वर्षीय कृष्ण घिमिरे पनि गम्भीर घाइते हुनुभएको र उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]