Sorry, your browser does not support JavaScript! महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण - Merodesh.news

महिलाको नेतृत्वमा सामुदायिक भवन निर्माण

म्याग्दी, ३१ असार। म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६ पाखापानीको फुलडाँडामा महिलाहरुले शनिबार सामुदायिक भवन निर्माण गरेका छन् ।

गाउँपालिकाको आर्थिक सहयोगमा फुलडाँडामा फुलडाँडा आमा समूहले दुईकोठे भवन निर्माण गरेको हो । गाउँपालिकाबाट प्राप्त रू पाँच लाख ४० हजार र स्थानीयवासीबाट संकलित रू ५६ हजार ८६७को लगानीमा सो भवन निर्माण गरिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । सो भवनमा बालकक्षा सञ्चालन गरिने स्थानीयवासीले बताएका छन् ।

यसैगरी रघुगंगा गाउँपालिका–५ झिँको भिरकुनामा पनि आमा समूहले सामुदायिक भवन निर्माण गरेका छन् । गाउँपालिकाबाट प्राप्त रू आठ लाखको अनुदानमा आमा समूहले शौचालय सहितको दुईकोठे भवन निर्माण गरेको समूहकी सदस्य ऋति थजालीले बताउनुभयो । सामुदायिक भवन निर्माण भएपछि भेला, बैठक तथा तालीम सञ्चालन गर्न सहज भएको छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

गौरिकाको स्वर्ण चार पुग्यो
गौरिकाको स्वर्ण चार पुग्यो

काठमाडौं २३ मंसिर । पौडी खेलाडी गौरिका सिंह एकै सागमा ४ वटा स्वर्ण जित्दै कीर्तिमान बनाएकी छिन् । उनले सोमबार १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली[...]

समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई
समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ।   प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताइन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु-याउने[...]

कारागारमा न्यानो सामाग्री
कारागारमा न्यानो सामाग्री

धनगडी । कैलालीको धनगडीमा रहेको जिल्ला कारागारमा न्यानो कपडा वितरण गरिएको छ । फ्रीडम फर फ्रिले कारागारमा रहेका महिला कैदी बन्दीहरुकालागि ७० हजार मुल्य बरावरको फर्म कार्पेटलगायतका सामाग्री सहयोग गरेको[...]