Sorry, your browser does not support JavaScript! सरकार विरोधी नारा लगाउदै विराटनगरमा मसाल जुलुस - Merodesh.news

सरकार विरोधी नारा लगाउदै विराटनगरमा मसाल जुलुस

विराटनगर, ३० असार।  नगरपालिका कर्मचारी माथि दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको कार्यकर्तालाई बिना सर्त छाडन माग गर्दै नेपाल तरुण दलले विराटनगरमा मसाल जुलुस निकालेको छ ।

मसाल

सरकार विरोधी नारा लगाउदै विराटनगरस्थित तीनपैनीचोक उत्तरतर्फबाट शनिबार साँझ निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । मसाल सहित मेनरोडतर्फ जान लागेका कांग्रेसका कार्यकर्तालाई प्रहरीले तीनपैनीचोकमा रोक्ने प्रयास गरेपछि प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी परेको थियो ।

मसाल

मसाल जुलुसमा कांग्रेस निकट तरुण दल, नेपाल महिलासंघको सहभागीता थियो । रंगेली नगर उपाध्यक्ष भरत मण्डललाई सामान्य विवादमा पक्राउ गरिएको भन्दै नेपाल तरुण दल मोरङको अगुवाईमा आन्दोलन सुरु गरेको कांग्रेसले जनाएको छ । मण्डलको तत्काल रिहाईको माग गर्दै नेपाल तरुण दलको अगुवाईमा नेविसंघ, नेपाल ट्रेड युनियन कांग्रेस तथा महिला संघले संयुक्त रुपमा आन्दोलन घोषणा गरेका थिए ।

मसाल

मण्डललाई रिहा नगरे मोरङ जिल्ला बन्द आह्वान गर्ने तरुण दल मोरङका अध्यक्ष संजय थापा प्रभाकरले बताउनुभयो । उहांले मसाल जुलुस  को क्रममा तरुणदलका नगर सदस्य ललन ठाकुर घाईते भएको जानकारी दिनुभयो । प्रहरीसंगको घम्साघम्सीमा ठाकुरको देब्रे आंखामा चोट लागेको र उनको उपचार भईरहेको प्रभाकरले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]