Sorry, your browser does not support JavaScript! रंगेलीमा पक्राउ गरेका कार्यकर्ता नछाडेको भन्दै काँग्रेस आन्दोलित - Merodesh.news

रंगेलीमा पक्राउ गरेका कार्यकर्ता नछाडेको भन्दै काँग्रेस आन्दोलित

विराटनगर ३० असार । नगरपालिका कर्मचारी माथि दुव्र्यवार गरेको आरोपमा प्रहरीले पक्राउ परेका कार्यकर्तालाई बिना सर्त छाडन माग गर्दै मोरंगमा नेपाली काँग्रेस आन्दोलित बनेको छ ।

२१ असार दिउँसो कार्यालय समयमा मादक पर्दाथ सेवन गरेर रंगेली नगरपालिकामा कर्मचारीलाई दुव्र्यवार गरेको आरोपमा प्रहरीले पक्राउ गरेका नेपाली काँग्रेस रंगेलीका सभापति जगनाथ मण्डलका छोरा भरत मण्डललाई छाडनु पर्ने माग गर्दै मोरंग काँग्रेस आन्दोलित बनेको हो ।

रंगेली नपाका लेखापाल कृपाराज जोशीलाई तरुण दल मोरंगका उपाध्यक्ष भरत मण्डलले मादक पर्दाथ सेवन गरेर कार्यलय समयमा दुव्र्यवार गरेको आरोपमा इलाका प्रहरी रंगेलीले पक्राउ गरेको थियो ।

प्रहरीले सार्वजनिक अपराधमा मण्डलाई ६ दिनको म्याद थप गरेपछि रंगेली नगर समितिको नेतृत्वमा रंगेली बजार बन्द गराएर चरणबद्ध आन्दोलन थालेपनि प्रशासनले थप ७ दिनको म्याद थप गरेपछि नेपाली काँग्रेस थप आन्दोलन घोषणा गर्न बाध्य भएको हो ।

शुक्रबार तरुण दल, महिला संघ र नेबिसंघले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै तरुण दल मोरंगको उपाध्यक्ष भरत मण्डललाई रंगेली नगरपालिका प्रमुख दिलिप बगडिया र कर्मचारीहरुले दुरासय राखेर पक्राउ गराएकोले बिना सर्त छाडनु पर्ने माग गरेको छ ।

नछाडेमा शनिवार साँझ बिराटनगरमा मसाल जुलुस प्रर्दशन गर्ने र त्यसपछि जिल्ला आम हडताल सम्मको चरणबद्ध आन्दोलन घोषणा गर्न बाध्य हुने तरुणदल मोरंगका अध्यक्ष प्रभाकर थापाले बताए । आन्दोनलाई नेपाली काँग्रेस एक नम्बर प्रदेश सभा सदस्य बिन्दिया कार्की र शान्ता पौडेल लगाउतले सर्मथन दिएका छन । उनिहरुले प्रहरी प्रशासन र रंगेलीका मेयरको बिरुद्धमा प्रदेश सभामा शसक्त्त आवाज उठाउने बताए ।

रंगेली नगरसभातिका छोरा भरतलाई निःशर्त रिहाई गरिनुपर्ने, झुठा मुद्दा लगाउन उक्साउने कर्मचारीलाई कारवाही गरिनुपर्ने र नगर प्रमुख दिलिप बगडीयाले सार्वजानिक माफी माग्नुपर्ने माग काँग्रेसको छ । पक्राउ परेका भरतका बाबु तथा काँग्रेस रंगेली नगर सभापति जननाथ मण्डलले कामले नगरपालिका पुगेको व्यक्तिलाई आक्रोशित हुने अवस्था सिर्जना गरेर कर्मचारी र नगरप्रमुख मिलेर फसाएको आरोप लगाएका छन ।

यस्तो छ घटनाको पृष्ठभूमी

इलाका प्रहरी रंगेलीका अनुसार २१ असार दिउँसो कार्यालयमा पसेर एकाएक आर्थिक फाँटका फायल र काजगात अनुमति बिनै खोतल्न थालेपछि लेखापाल जोशीले आपत्ती जनाएका थिए । त्यसपछि बाहिरिएका मण्डल मादक पर्दाथ सेबन गरेर दिउँसो ३ बजेतिर फेरि नगरपालिका पुगेर लेखापाल जोशीसँग निहुँ खोज्दै हातपात गर्ने प्रयास गरेका थिए । उनले सम्झाउन खोज्ने रंगेली–३ का वडा अध्यक्ष घनश्याम पनेरुलाई मण्डलले मुखमा थुकिदिएका थिए ।

नगरपरिषदको तैयारीकालागि बोर्डको बैठक बसिरहेका बेला भएकोले सबै जनप्रतिनिधिहरुले दादागिरीको शैलीमा उत्रिएका मण्डलको व्यवहारलाई दोषी ठहरयाएका थिए । उक्त्त घटनालाई प्रत्यक्ष देखेका रंगेली नगरपालिमा नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष पनेरुसहित कार्यपालिका १९ जनाको हस्ताक्षर भएको सर्वसम्मत निर्णयले मण्डललाई कारवाही गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि इप्रका रंगेलीले मण्डलाई पक्राउ गरेर सार्वजनिक अपराधमा मुद्दा दर्ता गराएको थियो ।

तर नेपाली काँग्रेस रंंगेली नगर समितिले नगरपालिकामा रहेका आफना सात जना वडा अध्यक्ष र सदस्यहरुलाई ह्रविप जारी गरेर तरुण दलका मोरंग उपाध्यक्ष समेत रहेका रंगेली नगर सभापति जगरनाथका छोरा भरत मण्डललाई प्रहरीले बिना कारण पक्राउ गरेर झुठा मुद्दा लगाएको भन्दै बिना शर्त छाडन माग गर्दै आन्दोलन थालेको थियो ।

बजेट निर्माण प्रभावित, “मेयर भन्छन सहमती हुन नसके जनतामा जान्छौ”

नेपाली काँग्रेसको तर्फबाट निर्वाचनमा उठेर निर्वाचित सदस्य समेत २० जना अहिले मण्डलको रिहाईको मागको पक्षमा उत्रिएका छन । जसले गर्दा रंगेली नगरपालिकाको नगर परिषद्को तयारी अन्तिम चरणमा पुगेको अवस्थामा रोकिएको छ ।

रंगेली नगरपालिका प्रमुख दिलिप बगडियाले सार्वजनिक स्थानमा दुव्र्यवार गरेकोले प्रहरीले आफै मण्डलाई पक्राउ गरेर कार्बाही थालेकोले उनलाई छाडने वा कार्बाही गर्ने भन्ने जिम्मा प्रशासनको भएको बताए । तर उनले आफु घटनलाई चर्काउन भन्दा पनि दलिय सहमती बनाएर चाँडो नगरपालिकाको बजेट सार्बजनिकिकरण गर्न प्रयासमा लागेको बताए ।

उनले भने “सकेसम्म प्रयास हुनेछ र पनि समाधान नभएमा जनतालाई जानकारी गराएर अगाडी बढने छौ ।”

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]