Sorry, your browser does not support JavaScript! झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल निर्माण - Merodesh.news

झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल निर्माण

बागलुङ, ३० असार।  झोलुंगे पुलको जिल्ला बागलुङमा चालू आवमा ११ झोलुंगे पुल बनेका छन् ।

जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालयमार्फत नौ र ‘टिबिएसयू/हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा दुई पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो । रु तीन करोड १५ लाख ६२ हजारको लागतमा बनेका पुलबाट ११ हजार ७०० जनसंख्या प्रत्यक्ष लाभान्वित भएको छ ।

जिप्राकाको झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत गलकोट नगरपालिका–१० पाण्डवखानीको ल्याङ्गुरेघाट, ताराखोला गाउँपालिका–२ अर्गलको बराहघाटखोला र वडा नं ३ अमरभूमिको खालीखोलाघाटमा पुल निर्माण भएको छ ।

त्यस्तै जैमिनी नगरपालिकाका दमेकस्थित जुठेखाल्टाघाट र कौशिनीघाट, ढोरपाटन नगरपालिका, अधिकारीचौरको बुढाथोकघाट, बोवाङको सुप्राङ सिप्रुघाट, बरेङ गाउँपालिका, सल्यानको थप्लुङघाट र धुल्लुबाँस्कोटको लुग्दीखोलाघाटमा पुल बनेको हो ।

स्वीट्जरल्याण्ड सरकारको दातृ निकाय ‘टिबिएसयू/हेल्भेटास’ पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा ढोरपाटन नगरपालिका–६ को गादीखोला र ओख्रेनीघाटमा पुन निर्माण भएको हो । ती दुवै पुलमा ढोरपाटन नगरपालिकाले पनि १५ प्रतिशतका दरले आर्थिक सहयोग गरेको छ भने दुई प्रतिशत जनश्रमदान परेको छ ।

दुई वर्षअघिको बाढीले दुवै पुल बगाएपछि सोही ठाउँमा नयाँ पुल निर्माण गरिएको हो । गादीखोला र तीनखेत जोड्ने झोलुंगे पुल बनेपछि भण्डारी गाउँ, कुदुम, पानीपोखरालगायत बस्ती लाभान्वित भएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताउनुभयो ।

एघार वटै पुल निर्माणमा व्यवस्थापन र मध्यस्तता भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङले गरेको थियो । क्लबका सामाजिक परिचालक प्रेम केसीका अनुसार चालू आवभित्रै पुल निर्माण गर्ने लक्ष्य पूरा भएको बताउँदै आगामी आवमा थप छ पुल निर्माणका लागि सर्वेक्षण भइसकेको जानकारी दिनुभयो ।

‘बिवाइसी’ बागलुङले गरेको सर्वेक्षणअनुसार जिल्लामा ४१० झोलुंगे पुल छन् । तीमध्ये २०० पुल जीर्ण भई पुनःनिर्माणको पखाईमा छन् । बजेट आएमा आगामी आवमा पनि पुल निर्माणको काम अघि बढ्ने जिप्राकाका इञ्जिनीयर बलविक्रम दाहालले बताउनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने
सागको औपचारिक समापन भोली, प्रधानमन्त्रीले खेलाडीलाई बुधबार सम्बोधन गर्ने

काठमाण्डौ २३ मंसिर । भोली (मंगलबार) औपचारिक कार्यक्रमका बीच १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न हुँदैछ । १ डिसेम्बरबाट सुरु भएको सागका खेलहरु काठमाण्डौ, पोखरा र जनकपुरमा भइरहेका छन् ।[...]