Sorry, your browser does not support JavaScript! कनकाई नगरपालिकामा घरवारविहीनका लागि प्रमुख आवास कार्यक्रम - Merodesh.news

कनकाई नगरपालिकामा घरवारविहीनका लागि प्रमुख आवास कार्यक्रम

झापा, ३० असार।   कनकाई नगरपालिकामा घरवारविहीन परिवारका लागि प्रमुख आवास कार्यक्रम शुरु भएको छ ।

नगरपालिका र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको अगुवाइमा प्रमुख आवास कार्यक्रम शुरु भएको हो । नगरपालिकाबाट रु २५ लाख, सहारा नेपाल सहकारी संस्थाबाट रु १४ लाख र नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको रु दुई लाख गरी रु ४१ लाखको लागतमा नगरपालिका–७ स्थित रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।

कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र २०५० सालभन्दा पहिलादेखि बसोबास गर्दै आएका तथा जमीन र घर नभएका परिवारलाई जमीन तथा घर निर्माण गरेर राखिने बताइएको छ । यस्ता परिवारको पहिचानका लागि नगरका नौवटै वडामा प्रतिनिधि खटाइएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।

विभिन्न सामाजिक संघसंस्थालाई समेत कार्यक्रममा सहभागी गरार्ई नगरपालिकाभित्र सुकुम्वासी र घरवारविहीनको संख्या रहुञ्जेल कार्यक्रमले निरन्तरता पाइरहने बताइएको छ । पहिलो चरणमा कनकाई–७ मा तीन कट्ठा जमीनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने वडा नं ७ का वडाध्यक्ष लीलाबहादुर कन्दङ्वाले जानकारी दिनुभयो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]

१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा
१ सय २० नेपाली एक महिनादेखि जोगबनी नाकाको क्वारेन्टाइनमा

विराटनगर, ८ जेठ । जोगबनी नाकामा भारततर्फ एक सय २० जना नेपालीहरू क्वारेन्टाइनमा बसिरहेका छन् । भारतको पञ्जाब, दिल्ली, कलकत्ता, पूर्णीयालगायत विभिन्न शहरबाट पैदल हिँडदै र यात्रामा अनेक सास्ती झेल्दै[...]