Sorry, your browser does not support JavaScript! साउन भित्र स्थायी राजधानी र प्रदेशको नाम - Merodesh.news

साउन भित्र स्थायी राजधानी र प्रदेशको नाम

विराटनगर असार २९ ।  १ नम्बर प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानीकालागि गृहकार्य सुरु गरेको छ । प्रदेश सरकार गठन भएको पाच महिनापछि सरकारले नाम र स्थायी राजधानीकालागि गृहकार्य सुरु गरेको हो ।

प्रदेश सरकारका प्रवक्त एंव आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साउन भित्र स्थायी राजधानी टुङ्गो लगाउने बताएका छन् । कार्कीले प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा १ नम्बर प्रदेश तेस्रो हुने गरी गृहकार्य सुरु गरेको बताए । उनले अधिकतम सहमति जुटाएर प्रदेशको राजधानी तोकिने जानकारी दिए ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा छ । विराटनगरलाई स्थायी राजधानी तोक्ने गृहकार्य पनि सुरु भएको छ । विराटनगर सहित इटहरी र धनकुटाले राजधानीकालागि पहल गरीरहेका छन् ।

प्रदेश सरकारको मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले कर्णाली र गण्डकी प्रदेशले अस्थायी राजधानी भएकै ठाउँलाई स्थायी बनाएको भन्दै प्रदेश १ ले पनि विराटनगरलाई नै बनाउने बिषयमा छलफल गरेको थियो ।

बैठकमा प्रदेश १ को मन्त्री मण्डल बिस्तार गर्ने बिषयमा पनि छलफल भएको थियो । मन्त्री कार्कीका अनुसार ११ सदस्य मन्त्रीमण्डल बनाउने गरी गृहकार्य सुरु गरेको बताए । उनले हालको पाँच सदस्य मन्त्री मण्डलको आकार बढेर ११ सदस्य पुग्ने बताए । मन्त्री मण्डल बिस्तारका लागि केन्द्र सरकारसँग पनि छलफल गरेको बताउदै घटिमा ९ र बढीमा ११ पुग्ने मन्त्री कार्कीले बताए । प्रदेश १ मा पाचँ सदस्यीय मन्त्रिमण्डल छ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]