Sorry, your browser does not support JavaScript! अपाङगताको सवालहरु समावेश गर्न माग - Merodesh.news

अपाङगताको सवालहरु समावेश गर्न माग

विराटनगर । फरक क्षमता भएका ब्यक्तिहरुले विराटनगर महानगरपालिकाको निति तथा कार्यक्रममा अपाङगताको सवालहरु समावेश गर्न माग गरेका छन् । महानगर प्रमुख भीम पराजुलीलाई ज्ञापन बुझाउदै यस्तो माग गरेका हुन ।

सामथ्र्य समाज विराटनगरको अगुवाईमा गएका विभिन्न संस्था आबद्ध प्रतिनिधिहरुले सो बिषयमा विराटनगर महानगरपालिकालाई ज्ञापन बुझाएका हुन । सामथ्र्य समाजका अध्यक्ष चेतनाथ पोखरेल र निर्देशक विमल बस्नेतले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र उपप्रमुख इन्दीरा कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र वाचन गर्नुहुंदै सामाथ्र्यका निर्देशक बस्नेतले अपाङगता भएका ब्यक्तिहरुका लागि नितिगत ब्यवस्था हुँदाहुँदै प्रभावकारी कार्यान्वयनको अभावमा अपाङता भएका ब्यक्तिहरुको जीवन अझपनि दयनिय रहेको बताए । बुझाइएको ज्ञापनमा विभिन्न १२ वटा बुंदा समावेश गरिएको छ । ज्ञापनको पहिलो बुंदामा विराटनगरवासीबाट लिइने सम्पुर्ण कर र सिफारिशमा अपांगता भएका ब्यक्तिको हकमा शतप्रतिशत छुटको ब्यवस्था गर्दै प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।

यस्तै महानगरपालिका क्षेत्रभित्र निर्माण गरिने सार्वजनिक भवन र अन्य संरचना अपांगता भएका ब्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ को मापदण्ड अनुसार निर्माण गरिनुपर्ने र भाडामा दिइने घरको नक्शा पास गर्दा अनिवार्य अपांगता मैत्री हुनुपर्ने माग गरिएको छ । ज्ञापन बुझ्दै महानगर प्रमुख पराजुलीले अपांगता भएका ब्यक्तिहरुको हकअधिकार स्थापित गर्न महानगर प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय आपांग महासंघ प्रदेश एकका प्रमुख रामबहादुर कार्की सहित, मोरङ नेत्रहीन संघ, नेपाल अपांग महिला संघ, कोशी बहिरा संघ र शारिरीक अपांग संघ मोरङका प्रतिनिधिहरुको सहभागिता थियो ।

महिला तथा बालवालिका कार्यालय मोरङको सहयोगमा समाजले शुक्रवार कटहरी गाउपालिका, धनपालथान गाउपालिका, रंगेली नगरपालिका र शुनवर्षी नगरपालिकाका जनप्रतिनिधीहरुलार्इ ज्ञापन पत्र बुझाएको बिमल बस्नेतले जानकारी दिए ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री
प्रदेशमा भारतबाट २० हजार नेपाली आउँदैछन्, सीमामा रोक्दैनौं, होल्डिङ एरियामा राख्छौं – हिक्मत कार्की, मन्त्री

लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्‍यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् । पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन[...]

कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला
कोरोना संक्रमित गर्भवतीकाे सर्जरी गर्न पनि तयार छु : डा. जीवन धमला

लकडाउनमा धेरै निजी अस्पतालहरूले कोरोना संक्रमण हुने डरले समान्य बिरामीहरूसमेत भर्ना लिन चाहिरहेका छैनन् । सुत्केरीहरूलाई त झन् उनीहरूले सरकारी अस्पतालमै रेफर गरिदिने गरेका छन् । केहीले भर्ना गरेर अपरेशन[...]

लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे
लकडाउनको एक महिना : भारतबाट १५ करोडकाे तरकारी आयात, प्रदेश १ मा १५ करोडकै तरकारी कुहियाे

यज्ञ अधिकारी/मोहन ढकाल विराटनगर, ८ जेठ । लकडाउनको एक महिनामा प्रदेश एकमा १५ करोडको तरकारी नष्ट भइरहँदा भारतबाट चाहिँ सोही समयमा १५ करोडकै हाराहारीमा तरकारी आयात भएको छ । विराटनगर[...]