Sorry, your browser does not support JavaScript! किराँत प्रदेशकालागि मुख्यमन्त्रीको ध्यानाकर्षण - Merodesh.news

किराँत प्रदेशकालागि मुख्यमन्त्रीको ध्यानाकर्षण

विराटनगर २९ असार । एक नम्बर प्रदेशलाई किराँत नामाकरण गर्नुपर्ने माग गर्दै किराँतीहरुले एक नम्बर प्रदेशका मुख्य मन्त्रीको ध्यान आर्कषण गराएका छन् ।  किराँत राई यायोक्खा केन्द्रिय अध्यक्ष तिलक राई सहितका पदाधिकारीले २९ असार दिउँसो विराटनगर स्थित मन्त्रिपरिषदको कार्यालयमा पुगेर एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई किराँत राज्य नामाकरण गर्नकालागि स्मरण पत्र बुझाउदै ध्यान आर्कषण गराएका हुन ।

स्मरणपत्र बुझदै मुख्यमन्त्री राईले संबैधानिक दायराभित्र रहेर एक नम्बरलाई किराँत प्रदेश नामाकरण गराउन मध्यस्ता गर्ने आश्वासन दिएको स्मरणपत्र बुझाउने टोलीमा सहभागी सदस्य अर्जुन जम्नेली राईले बताए ।

१५ चैत २०७४ मा पनि एक नम्बर प्रदेशका झापा , मोरङ र सुनसरी जिल्लाबाट आएका करिब दुई हजार समर्थकहरुले एक नम्बर प्रदेशका सभामुख प्रदिपकुमार भण्डारी र मुख्यमन्त्री शेरधन राईलाई किराँत राज्य नामाकरण गर्न माग गर्दै संकलन गरिएको लाखौ हस्ताक्षर बुझाएका थिए ।

एक नम्बरमा अझै प्रदेशको नामाकरण हुन नसकेको छैन । संबिधानमा प्रदेश सभाको दुई तिहाई बहुमतले टुंगो लगाउने व्यवस्था रहेको छ । तर अझै एक नम्बर प्रदेश सभामा नामाकरणको बिषयले प्रबेश पाएको छैन । एक नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई लगायतले यही साउन महिनाभित्रै सहमतीमा प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगो लाग्ने बताउँदै आएका छन ।

एक नम्बर प्रदेशको नाम सगरमाथा , कोशी , किराँत , लिम्बुवान , कोच , बिराट प्रदेश मध्ये एक राख्नुपर्ने दाबेदारहरुले दाबी गर्दै आएका छन ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

ह्याप्पी ‘भलिबल डे’
ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको[...]

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]